site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हराएको निकै संवेदनशील रेडियोधर्मी क्याप्सुल भेटियो 
Sarbottam CementSarbottam Cement

सिडनी । पश्चिमी अस्ट्रेलियाको स्थानीय प्रशासनले गत महिनादेखि हराइरहेको एउटा सानो रेडियोधर्मी क्याप्सुल फेला परेको जनाएको छ । आपत्काल सेवाले हराएको रेडियोधर्मी सियोलाई परालको चाङमा फेला पारेको बताएको छ ।

मुलुकको एक हजार चारसय किलोमिटर दूरीको मार्गमा ल्याइँदै गर्दा हराएको यस वस्तुको व्यापक खोजी थालिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारी निकायले केराउ आकारको यस क्याप्सुलको तस्बिर सार्वजनिक गर्दै यदि यो जमिनका स–साना ढुंगाको संसर्गमा आएको भए गम्भीर खतरा सिर्जना हुन सक्ने जनाएको छ । एउटा सिरियल नम्बरको आधारमा उनीहरूले ६ मिलिमिटर व्यास र ८ मिलिमिटर लम्बाइको यो सही क्याप्सुल फेला परेको यकिन गर्न सकेका हुन् । यसमा राखिएको निकै सानो परिमाणको क्याएसियम–१३७ नामक पदार्थले छालामा क्षति पुर्‍याउन, जलाउन वा रेडियोधर्मीसम्बन्धी विकारहरू गर्न सक्ने बताइएको छ । 

खानी सञ्चालन गर्दै आएका ठूला व्यवसायी रियो टिन्टोले खानी उद्योगमा एउटा घनत्व गेजमा प्रयोग हुने यो उपकरण हराएकोमा क्षमायाचना गरेका छन् । 

Global Ime bank

सो क्याप्सुल भेटिएको स्थानको २० मिटर वरपरको क्षेत्रलाई 'हट जोन' घोषित गरिएको छ भने यसलाई सिसाको भाडामा राखिने भएको छ ।  बिहीबार पर्थ सहरको सुरक्षित परिसरमा पुर्‍याउनु अघिल्लो रात यसलाई न्युम्यान सहरको एक सुरक्षित स्थानमा राखिने निर्णय गरिएको छ । 

सरकारी अधिकारीहरूका अनुसार विशेषज्ञ उपकरण जडित एउटा सवारी साधन ७० किलोमिटर प्रतिघन्टाको वेगमा गुडिरहेको अवस्थामा यो क्याप्सुल फेला परेको हो । 

बीबीसीबाट । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  २२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC