site stats
विदेश
श्रीलङ्काका राष्ट्रपतिको निर्देशन : सरकारी खर्च कटौती गर्नू

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मन्त्रिपरिषद्लाई सरकारी खर्च घटाउन निर्देशन दिएका छन् । 

राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी)ले हाल सरकारको राजस्व मासिक खर्चभन्दा कम रहेको जनाएको छ ।

Agani Group

राष्ट्रपतिले जनरल ट्रेजरीले भुक्तानीकर्ता बाहेक सबै खर्चहरू पूरा गर्न यो समय अत्यन्त चुनौतीपूर्ण रहेको बताएका छन् । 

योजनाबद्ध राजस्व उठाउन नसकेसम्म सरकारी खर्चमा थप कटौती गर्नुपर्ने देखिन्छ ।

Global bank

राष्ट्रपतिले निजामती कर्मचारीले कर्जाको आधारमा वस्तु तथा सेवा लिनबाट हाललाई टाढै रहनुपर्ने पनि धारणा राखेका छन् । 

यसैबीच मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवद्र्धनाले मङ्गलबार सरकारको जनवरी महिनाको खर्च राजस्वको दोब्बर भएको बताए । 

गत वर्षदेखि श्रीलङ्का चरम आर्थिक सङ्कटको सामना गरिरहेको छ जसले देशमा राजनीतिक उथलपुथलसमेत निम्त्याएको छ । रासस÷सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  २२:५५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय