विदेश
इजरायल वेस्ट बैंक आक्रमणमा चारजनाको मृत्यु

जेनिन, प्यालेस्टाइन क्षेत्र । पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार इजरायली आक्रमणमा एक वृद्ध महिलासहित चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।
प्यालेस्टिनी अधिकारीहरूले सेनाले अस्पतालभित्र अश्रु ग्यास प्रयोग गरेको आरोप प्यालेस्टिनी अधिकारीहरूले लगाएका छन् ।
मृत्यु हुनेहरुको संख्या बढेर एउटी वृद्ध महिलासहित चार शहीद भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस आत्रमणमा परी अन्य धेरै घाइते भएको जनाइएको छ ।
सेनाले जेनिन सरकारी अस्पतालमा आक्रमण गरेको र जानाजानी अस्पतालको बाल रोग विभागमा अश्रु ग्यास प्रहार गरेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्री माई अल–काइलाले बताएका छन् । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९ १५:५२
प्रतिक्रिया दिनुहोस्