1674582726.jpg)
हेलसिन्की । फिनल्यान्डका विदेशमन्त्री पेक्का हाभिस्टाले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)मा प्रवेश गर्नेबारे फिनल्यान्ड र स्विडेनको टर्कीसँगको वार्तामा बिरामको पनि आवश्यकता रहेको बताएका छन् ।
पछिल्ला दिनहरूमा स्विडनमा मुस्लिमहरूको पवित्र धामिक ग्रन्थ कुरान जलाउनेदेखि शृङ्खलाबद्ध रूपमा भइरहेका विवादास्पद प्रदर्शनका कारण टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगान आक्रोशित भएका छन् । टर्की नेटोको पहिलेदेखि नै सदस्य भएकाले त्यसले फिनल्यान्ड र स्विडेनको नेटो प्रवेशका लागि दिइने आवेदन रोक्न सक्छ ।
हाभिस्टाले विरोध प्रदर्शनले स्पष्ट रूपमा वार्ताको प्रगतिमा अवरोध सिर्जना गरेको बताएका छन् ।
टर्कीले भनेको छ, “स्विडेनी सरकारको डानिस फार–राइट स्ट्राम कुर्स (कट्टरपन्थी) पार्टीका राजनीतिज्ञ रास्मस पालुदानलाई सार्वजनिक स्थलमा कुरान जलाउनबाट नरोक्ने निर्णय पूर्ण रूपमा अस्वीकार्य छ ।"
विभिन्न विषयलाई लिएर टर्की र फिनल्यान्ड तथा स्विडेनबिचको वार्ता ठप्प हुने गरेको छ । टर्कीले ती दुवै मुलुकले आफूले आतंककारीको रूपमा हेरिएकाहरूलाई सुपुर्दगी गर्नुपर्ने र भेटवार्ता आगामी मेको मध्यसम्म अर्थात् टर्कीको चुनाव नसकिएसम्म थाती राख्नुपर्ने जस्ता थुप्रै विषयहरू अघि सारको छ ।
हाभिस्टाले दुवै मुलुकले सँगै नेटो प्रेवेश गरे हुने तथा वार्ताका लागि हतार गरिरहनुनपर्ने पनि बताएका छन् । दशकौँदेखि असंलग्न नीतिमा अडिग रहेका फिनल्यान्ड र स्विडेन रुसले युक्रेनमाथि आक्रमण गरेपछि नेटो प्रवेशका लागि अघि सरेका हुन् ।
बीबीसीबाट ।