site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निजी बैंक मर्जरमा जाँदा सरकारी बैंकलाई प्रतिस्पर्धा गर्न चुनौती !
Ghorahi CementGhorahi Cement

काठमाडौं । पछिल्लो सयम वाणिज्य बैंकहरू मर्जरमा जाने क्रम जारी छ । एक महिनको तथ्यांक हेर्दा आठवटा वाणिज्य बैंकहरू मर्जरमा गएका छन् । एक वर्षको अन्तरालमा १० वटा वाणिज्य बैंक मर्जरमा गएका छन् ।

अहिलेसम्म नेपाल बंगलादेश–नबिल, कुमारी–एनसीसी, ग्लोबल आईएमई–बैंक अफ काठमाण्डू, प्रभु–सेञ्चुरी र मेगा–नेपाल इन्भेस्टमेन्ट बैंकले एकआपसमा मर्जर तथा प्राप्ति गरी एकीकृत करोबार गरिसकेका छन् ।

यही माघ १८ गतेदेखि हिमालयन बैंक र सिभिल बैंकले पनि एकीकृत कारोबार सुरु गर्ने तयारी गरेका छन् । त्यसैगरी लक्ष्मी र सनराइज बैंक पनि एक आपसमा मर्जरमा जाने सम्झौता गरेका छन् ।

Agni Group

यसरी मर्जरमा जान बाँकी निजीमा माछापुछ्रे, एनएमबि, नेपाल एसबिआई, एभरेस्ट, एनआईसी एसिया, प्राइम र सिद्धार्थलगायत बैंक रहेका छन् । यी बैंकहरूले पनि मर्जरमा जान पार्टनर खोजिरहेका छन् ।

अहिले मर्जरपछि सञ्चालनमा रहेका ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी, प्रभु र नबिल बैंकको पुँजीको आकार ठूलो भइसकेको छ । यी बैंकसँग प्रतिस्तपर्धा गर्न पनि अब बाँकी बैंकहरू एक आपसमा मर्जरमा जानुपर्ने बाध्यता रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । उनका अनुसार निजी बैंकको आकार ठूलो भएकाले अब सरकारी बैंकले पनि पुँजी वृद्धि गर्नुको विकल्प छैन ।

Global Ime bank

एउटै प्रकृतिको कारोबार गर्दै आएका बैंकहरू एक आपसमा मर्जर भएर ठूला परियोजनामा लगानी गर्नुपर्ने बाध्यता रहेको पनि बताइएको छ । हाल सरकारी स्तरका तीनवटा बैंकहरू कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेड रहेका छन् । यीमध्ये राष्ट्रय वाणिज्य बैंकका पूर्ण रूपमा रकारको स्वामित्व छ । तर, कृषि विकास बैंक र नेपाल बैंकमा सर्वसाधारणको पनि सेयर रहेको छ । त्यसले गर्दा कृषि विकास बैंक र नेपाल बैंक एक आपसमा मर्जर हुने सम्भावना देखिन्छ ।

कृषि विकास बैंक कृषि क्षेत्रको विकासका लागि स्थापना भएकाले यसलाई त्यही अनुसार काम गर्न दिनपर्ने पनि कतिपयको भनाइ छ । तर, यो बैंकले अरू वाणिज्य बैंकहरू जस्तै निक्षेप संकलन र कर्जा प्रवाहको काम गर्दै आएको छ । नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर डा. चिरञ्जिवी नेपाल भने क्षेत्र अनुसारका लगानी गर्ने बैंक सीमित रूपमा हुनुपर्ने बताउँछन् । हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा यतिधेरै बैंकहरू धान्न नसकिने नेपाल बताउँछन् ।

राष्ट्र बैंकका गभर्नर पनि अब निजी बैंकसँग प्रतिष्पर्धा गर्न कठिन भएकाले सरकारी बैंकहरू एक भएर जानुपर्नेमा जोड दिन्छन् । तर, नियमन निकाय राष्ट्र बैंकले भने दबाब नदिने उनी बताउँछन् । सञ्चालक समितिले पनि अब सरकारसँग छलफल गरेर उपयुक्त निर्णय लिनपर्ने बताए ।

हाल वाणिज्य बैंकहरूमा सबैभन्दा ठूलो भनेर ग्लोबल आईएमई बैंक चिनिन्छ । यो बैंकको चुक्तापुँजी ३५ करोड ७७ लाख रुपैयाँ रहेको छ । त्यसैगरी देस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । यो बैंकको ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।

तर, सरकारी स्तरका बैंक भने यी बैंकको तुलनामा साना छन् । कृषि विकास बैंकको चुक्तापुँजी १८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ भने नेपाल बैंकको चुक्तापुँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको चुक्तापुँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

निजी क्षेत्रका बाँकी बैंकहरू मर्जरमा गए भने तुलनात्मक रूपमा सबैभन्दा साना बैंक सरकारी नै हुने देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  २०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC