site stats
विदेश
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले प्रत्यक्ष रूपमै पश्चिमा राष्ट्रसँग मागे युद्ध ट्याङ्क

किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा राष्ट्रहरूसँग युद्ध ट्याङ्क उपलब्ध गराइदिन आग्रह गरेका छन् । दक्षिणी जर्मनीमा भएको दर्जनौँ सहयोगी राष्ट्रहरूसँगको युद्धबारेको छलफलका क्रममा जेलेन्स्कीले प्रत्यक्ष रूपमै ट्याङ्क उपलब्ध गराइदिन आग्रह गरेका हुन् ।

अमेरिका र युरोपेली मुलुकहरूले यसअघि नै युक्रेनलाई थप हतियार उपलब्ध गराउने वाचा गरिसकेका छन् ।

S.A.U
Agani Group

विशेषगरी जर्मनीमाथि युक्रेनमा आफ्ना लियोपर्ड–२ ट्याङ्कहरू पठाउन र अन्य मुलुकहरूलाई पनि आफ्ना लियोपर्ड ट्याङ्कहरू युक्रेनलाई उपलब्ध गराउन अनुमति दिन दबाब बढिरहेको छ ।  

ट्याङ्कको निमार्ता मुलुक भएकाले जर्मनीले पोल्यान्ड वा फिनलयान्डजस्ता मुलुकलाई लियोपर्ड–२ ट्याङ्क युक्रेनमा निर्यात गर्न अनुमति दिनुपर्ने हुन्छ ।

Global bank

विश्वका थुप्रै मुलुकले युक्रेनलाई रुसविरुद्ध लड्नका लागि थप सैन्य उपकरणहरू दिने प्रतिबद्धता जाहेर गरेको भोलिपल्ट जर्मन हवाई अखडामा ५० वटा भन्दा बढी मुलुकका रक्षामन्त्री जम्मा भएका छन् ।

युक्रेन र रुसबीच युद्ध सुरु भएको झण्डै ११ महिना पुगिसकेको छ । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का वरिष्ठ सैनिक अधिकारीहरूले रुसले आगामी वसन्तमा युक्रेनमा ठूलो आक्रमण गर्ने योजना र तयारी गरिरहेको अनुमान गरिरहेका छन् । 

बेलायतले यसअघि नै आफूले युक्रेनलाई १४ वटा च्यालेन्जर २ युद्ध ट्याङ्क दिन घोषणा गरिसकेको छ ।  

बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  २०:०७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय