site stats
विदेश
सरकारको पेन्सन सुधार कार्यक्रमविरुद्ध फ्रान्समा विशाल प्रदर्शन

पेरिस । फ्रान्सका राष्ट्रपति इमान्युअल म्याक्रोँको कर्मचारी अवकाशसम्बन्धी सुधार कार्यक्रमले वारपारको स्थिति सामना गर्नु परेको छ । म्याक्रोँको अवकाश पाउने उमेरलाई पर धकेल्ने योजनाविरुद्ध बिहीबार फ्रेन्च युनियनहरुले हडताल र विरोध प्रदर्शन गरेका छन् ।

संसद्मा प्रस्तुत हुन लागेको नयाँ विधेयकमा मानिसहरुले ६२ नभएर ६४ वर्षको औपचारिक उमेरसम्म काम गर्न पाउने प्रावधानलाई अघि सारिएको छ । हडताल जुलुसका कारण अन्तरनगर तथा यात्रुवाहक ट्रेन सेवाहरु अवरुद्ध हुन पुगेका छन् । अधिकांश विद्यालय र अन्य सार्वजनिक सेवाहरु बन्द भएका बीबीसीले लेखेको छ ।

S.A.U
Agani Group

राजधानी पेरिसस्थित ओर्ली विमानस्थलमा पाँचमध्ये एउटा उडान रद्ध भएको थियो । पेरिस मेट्रोमा पनि ड्राइभरविहीन दुईवटा लाइन मात्रै सामान्य रुपमा सुचारु रहेको थियो । पेरिस र फ्रान्सका अन्य सहरहरुमा दशौँ हजार प्रदर्शनकारी भेला हुने अनुमान गरिएको छ । यस प्रदर्शनमा कट्टर वामपन्थी समूह “ब्ल्याक ब्लक”को घुसपैठ भएर हिंसा भड्केको खण्डमा प्रहरीको सङ्ख्या अपुग हुने अनुमान गरिएको छ ।

फ्रान्सका प्रधानमन्त्री एलिजाबेथ बोर्नले यसै महिनाको सुरुमा उल्लेख गरेका प्रस्तावहरुअन्तर्गत आगामी सन् २०२७ देखि कुनै पनि सरकारी कर्मचारीले पूर्ण निवृत्तिभरणको लागि योग्य हुन ४३ वर्ष काम गर्नु पर्नेछ । यो अनिवार्य सेवा अवधि अहिले ४२ वर्ष रहेको छ ।

Global bank

यसै साता आईएफओपीले गरेको सर्वेक्षणअनुसार सरकारले यो सुधार कार्यक्रमले फ्रान्सको सेयर–आउट पेन्सन सिस्टमको सुरक्षा गर्ने भन्दै स्वागत गरेको छ भने ६८ प्रतिशत जनता यसको विपक्षमा उभिएका छन् । 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  २०:३५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय