site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारत विरोधी एक पाकिस्तानीलाई राष्ट्र संघले भन्यो 'विश्वकै खतरनाक आतंककारी'
Ghorahi CementGhorahi Cement

इस्लामावाद । संयुक्त राष्ट्र संघले पाकिस्तानमा समातेर राखिएका एकजना भारत विरोधी लडाकुलाई 'विश्वकै खतरनाक आतंककारी'को संज्ञा दिएको छ । सन् २००८ मा भारतको मुम्बईमा १६६ जना मानिसको ज्यान जानेगरी भएको आतंककारी हमलाका लागि जिम्मेवार रहेको बताइएका ती पाकिस्तानीलाई संयुक्त राष्ट्र संघले दोस्रोपटक आतंककारीको संज्ञा दिएको हो । 

पाकिस्तानी नागरिक अब्दुल रेहान माक्कीकोबारे संयुक्त राष्ट्र संघले गरेको टिप्पणीको भारत सरकारले स्वागत गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले इस्लामिक मुलुक आफैँ पनि आतंकवादको शिकार भइरहेको तथा पाकिस्तानले संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रियस्तरमा आतंकवादविरुद्धका प्रयासहरूमा सहयोग र समर्थन गर्ने बताएको छ । 

Agni Group

६८ वर्षीय माक्की प्रतिबन्धित लडाकु समूह लस्कर–ए–ताइबाका वरिष्ठ व्यक्तित्व हुन् । यो समूह विशेषगरी कास्मिरको विवादास्पद हिमाली क्षेत्रमा सक्रिय छ ।

उनलाई सन् २०१९ मा पाकिस्तानको पन्जाब प्रान्तमा गिरफतार गरिएको थियो । सन् २००० को नोभेम्बर र डिसेम्बरमा उनलाई दुईवटा छुट्टाछुटै घटनामा आतंकवादलाई आर्थिक लगानी गरेको अभियोगमा दोषी ठहराइएको थियो । 

Global Ime bank

माक्कीलाई एक वर्ष कैद सजाय सुनाइएको थियो । तर, अधिकारीहरूका अनुसार कुनै कारण उल्लेख नगरिकनै उनलाई अझै पनि हिरासतमा राखिएको छ । उनको मुद्दाबारे जानकार थुप्रै सरकारी अधिकारीले उनका अपिलहरूलाई मुल्तबी राख्दै उनलाई पन्जाबमा हिरासतमा राखिएको बताएका छन् । 

अल कायदा र इस्लामिक स्टेट उग्रवादीहरू तथा तिनका सहयोगीहरूलाई प्रतिबन्ध लगाउने मामिला हेर्ने संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले सो परिषद्का १५ जना सदस्यको अनुमोदनमा माक्कीलाई पनि प्रतिबन्धको कालोसूचीमा राखेको छ ।  

एपीबाट । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  २०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC