site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा आधा दर्जन बढीको दाबी
Ghorahi CementGhorahi Cement

डडेलधुरा । आकांक्षी धेरै भएपछि सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई संसदीय दलको नेता छनोट गर्न सकस परेको छ । प्रदेश सभामा रहेका अन्य सबै दलले संसदीय दलको नेता छनोट गरिसकेका छन् । 

नेता छान्नका लागि कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले मंगलबार बैठक डाकेको थियो । तर, सहमति जुट्न सकेन । नेतामा सातजनाले दाबी गरेपछि सहमति जुटाउन नसिकएको प्रदेश महामन्त्री नरनारायण शाहले बताए ।

“दलको नेताका लागि १९ जनामध्ये सातजनाले दाबी गरेपछि अझै सहमति जुट्न सकेको छैन,” प्रदेश महामन्त्री नरनारायण शाहले भने, “दाबेदार सात जनालाई मिलेर आउन भोलि बिहानसम्मको समय दिएका छौँ । सहमति हुन नसके भोलि नै निर्वाचन प्रक्रियामा जाने तयारी छ ।” 

Agni Group

उनका अनुसार कांग्रेस संसदीय दलको नेताका लागि बैतडीबाट निर्वाचित शिवराज भट्ट, कञ्चनपुरबाट निर्वाचित बहादुरसिंह थापा र दिवानसिंह विष्ट, कैलालीबाट निर्वाचित कमलबहादुर शाह र प्रकाशबहादुर देउवा, अछामबाट निर्वाचित मेघराज खड्का र मानबहादुर रावल (ज्येष्ठ सदस्य)ले दाबेदारी पेस गरेका छन् । 

उनीहरूमध्ये विष्ट र शाहबाहेक सबै संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

Global Ime bank

नेकपा (एमाले)ले राजेन्द्रसिंह रावल, माओवादी केन्द्रले खगराज भट्ट, एकीकृत समाजवादीले दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरीलाई संसदीय दलको नेता बनाएको छ । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपा र स्वतन्त्र एक–एक सांसद छन् ।

वर्तमान सत्ता गठबन्धनलाई नागरिक उन्मुक्ति पार्टीले साथ दिए मात्रै सरकार बन्ने अवस्था छ ।

अर्कोतर्फ कांग्रेसले पनि नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री र एकजना स्वतन्त्र सांसदलाई मन्त्री दिएर सरकारमा जाने तयारी गरेको नेताहरू बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC