site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेसको सत्ता बहिर्गमन र लोकतन्त्रको भविष्य

गत मंसीर ४ गते भएको प्रतिनिधि सभाको चुनावमा नेपाली कांग्रेस सबैभन्दा बढी स्थानमा विजयी भएको छ । कांग्रेसले ९१ वटा क्षेत्रमा उम्मेदवारी दिएकोमा प्रत्यक्षतर्फ ५७ वटा र समानुपातिकमा ३२ गरी ८९ स्थान हासिल गरेर संसदको सबैभन्दा ठूलो दल बन्न पुग्यो । दोस्रोमा नेकपा (एमाले)ले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ स्थानमा विजयी भयो भने नेकपा (माओवादी केन्द्र) प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी ३२ स्थानमा विजयी भएर तेस्रो ठूलो दल बन्यो । चौथो राष्ट्रिय स्वतन्त्र पार्टीे प्रत्यक्षमा ७ तथा समानुपातिकमा १३ गरी २० स्थानमा, पाँचौं राष्ट्रिय प्रजातन्त्र पार्टी प्रत्यक्षमा ७ तथा समानुपातिकमा ७ गरी १४ स्थानमा विजयी भए ।

उत्ता मधेशकेन्द्रित दलहरू जसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ५ र लोसपाले प्रत्यक्षमा ४ स्थानमात्र पाएकोछ । लोसपाले समानुपातिकका लागि आवश्यक ‘थ्रेस होल्ड’ कटाउन सकेन । जनमत पार्टी प्रत्यक्षमा १ तथा समानुपातिकमा ५ गरी ६ स्थानमा विजयी भयो भने नेकपा (एकीकृत समाजवादी) प्रत्यक्षमा १० स्थानमा विजयी भयो तर ‘थ्रेसहोल्ड’ कटाउन सकेन । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीे प्रत्यक्षमा ३ तथा राष्ट्रिय जनमोर्चा र नेमकिपाले प्रत्यक्षमा एक एक स्थानमा  तथा स्वतन्त्र ५ स्थानमा विजयी भए । 

अरू राजनीतिक दलभन्दा नेपाली कांग्रेसले सबैभन्दा बढी स्थानमा जितेकाले उसैको नेतृत्वमा सरकार गठन हुनुपर्ने हो । यस्तै विगत करिब डेढवर्षदेखि बनेको गठबन्धनकै नेतृत्वमा सरकार गठन हुनुपर्ने हो । सरकारको नेतृत्व कांग्रेसले नै गरिराखेको हुनाले उसैको नेतृत्वमा गठबन्धनका सबै दलले संयुक्त सरकार बनाउने अपेक्ष थियो । तर, त्यसविपरीत सरकार गठन भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

संसद्को तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएको छ । दाहालको प्रधानमन्त्रित्वमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत, जसपा, नागरिक उन्मुक्ति ७ पार्टी र ३ जना स्वतन्त्रको समर्थन सरकारले पाएको छ । संसद्को सबभन्दा ठूलो दलका नेता शेरवहादुर देउवाको समर्थनविना धारा ७६(२) अनुसार दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा दाहाल प्रधानमन्त्री बने । 

कांग्रेस संसदीय दलका नेता देउवा हेरेकोहेर्यै भए । गठबन्धन सरकारको प्रमुख घटक माओवादी केन्द्र गठबन्धन छोडेर कतै जाँदैन भनेर भ्रम देउवामा देखियो । प्रधानमन्त्री आलोपालो बन्ने सहमति दुवै जनाबीच भए पनि पहिले को हुने भन्ने बारे टुङ्गो लागिसकेको थिएन । यसैले दाहाल र देउवा दुवैले आफू नै पहिलो प्रधानमन्त्री बन्ने अडान लिएका थिए ।

Global Ime bank

प्रधानमन्त्री नछाड्ने देउवाको हठबाट आजित दाहाल एमाले अध्यक्ष केपी ओलीसित साँठगाँठ गर्न पुगे । उत्ता ओली गठबन्धन टुटाउने र कांग्रेसलाई कमजोर गर्ने मौका खोज्दै थिए । ओलीको शरणमा पुगेपछि दाहालका नाममा सहमति जुटाएर सरकार गठन गरियो । त्यसो त, अघिल्लो दिनसम्म ओलीले देउवालाई आश्वस्त पार्दै रहेका थिए ।

पाँच वर्षअघि पनि ओली र दाहालबीच सरकारको नेतृत्व आधाआधा समय गर्ने सहमति भएको थियो । तर, ओलीले सहमतिमात्र होइन संसदै भङ्ग गरिदिए । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि भएको फैसलाअनुसार २०७७ साल असार २८ गते शेरबहादुर देउवाले प्रधानमन्त्रित्वमा सरकार गठन भयो । माओवादी केन्द्र नेकपाबाट छुट्टियो भने एमाले फुटे। नेकपा (एकीकृत समाजवादी) बन्यो । जसपासमेतको गठबन्धनको देउवा सरकार करिब डेढ वर्ष चल्यो । 

यसैबीच स्थानीय, प्रदेश तथा प्रतिनिधि सभाको चुनाव भयो । गठबन्धनलाई प्रतिनिधि सभाको चुनावपछि पनि कायम राख्ने सहमति भएको थियो । तर, दाहाल र देउवा दुवैको सत्तालोलुपताका कारण सत्ता गठबन्धन टुट्यो । देउवाले बेलैमा बुद्धि नपुर्याउँदा संघदेखि प्रदेशसम्म सबै सत्ता कांग्रेसका हातबाट गुम्यो । 

यसबाट देउवाको मात्र खती भएन बरु समस्त कांग्रेस नै पराजित भए । लाखौं कार्यकर्ताको मनोबल खस्कियो । देउवाको निर्देशनमा कांग्रेसका कार्यकर्ताले गठबन्धनका घटक माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपालाई भोट खसाले । तर, तिनले कांग्रेसलाई भोट दिएनन् । कांग्रेसले गठबन्धन न गरी एक्लै चुनाव लडेको भए यसभन्दा बढी स्थानमा जित हासिल गर्न सक्थे । तर, देउवाको हठको अगाडि कांग्रेसभित्र कसैको केही चलेन ।

कांग्रेसभित्रको गुटलाई देउवाले व्यवस्थापन गर्न सकेनन् । संस्थापन इतरका नेता डा. शेखर कोइराला समूहका कार्यकर्तालाई बोलाई सर्वसम्मतिमा निर्णय गराउन सकेको भए कांग्रेसले सबभन्दा ठूलो पार्टी भएर पनि सत्ता गुमाउन पर्ने थिएन । सभापति देउवाले आफ्नो कोटरीका नेताहरुको मात्र कुरा सुनेर निर्णय गर्दा नै कांग्रेसले सत्ता गुमाउनु पर्यो । 

देउवा पक्षका नेताहरुको दाहाल प्रधानमन्त्री नपाए पनि गठबन्धन टुटाएर एमालेसित मिल्न नजाने विश्वास थियो । गए पनि एमालेले उनलाई प्रधानमन्त्री दिँदैन भन्ने ठान्थे । त्यसैले देउवा ओलीबाट ढुक्क थिए । देउवाले आन्तरिक कुरा बुझ्न आफना विश्वासपात्र विमलेन्द्र निधिलाई ओलीकहाँ पठाएका थिए । तर, राजनीतिका चतुर खेलाडी ओलीले निधिलाई सुइँकोसम्म पनि दिएनछन् । त्यसपछि त देउवाले दाहाललाई अलमल्याउन थाले । प्रतिनिधि सभामा सबभन्दा ठूलो दलको हैसियतले संविधानको घारा ७६ को उपधारा (३) अनुसार देउवा आफू नै प्रधानमन्त्री बन्नेमा ढुक्क थिए ।

संसदीय राजनीतिका नयाँ खेलाडी भए पनि राजनीतिक चतुर्याइँ र सत्ता राजनीतिमा दाहाल पनि कोहीभन्दा कम छैनन् । आफना विश्वासिला नेतामार्फत् ओलीसित सम्पर्कमै रहेछन् । ओलीको मनसाय बुझेपछि दाहाल बालकोट हानिए । राष्ट्रपतिले दिएको समय घर्किएन नपाउँदै एकै निमेषमै ओलीसित आलोपालोको सहमति गरी अन्य दलहरुसमेत १६८ जना संसदको समर्थन प्राप्त गरे । ओलीलाई कांग्रेसको गठबन्धन टुटाउनु थियो । त्यसै भयो । दाहालले देउवासितका सबै बाचा प्रधामन्त्री बन्ने लोभमा बिर्से । ओलीसँगका विगतको कटुता पनि बिर्सेे । राजनीतिमा कोही कसैको स्थायी शत्रु वा मित्र हुँदैन भन्ने भनाइ चरितार्थ भयो । तर, दाहालको चञ्चल  अस्थिर, भावुक तथा सत्तामुखी स्वभावले गर्दा पूर्णअवधि सत्तामा टिक्न सहज देखिँदैन । कुनै घटकले समर्थन फिर्ता लिए भने सरकार गिर्नेछ । 

कांग्रेसले कम्युनिस्टसित सत्ता गठबन्धन गर्नु नै गलत थियो । विचार, सिद्धान्त, मार्गदर्शन सबैमा विपरीत गठबन्धन गरेर कांग्रेसले आफैँलाई क्षति पुर्याएको छ । बीपी कोइराला भारत निर्वासनमा रहँदा पुष्पलालले संयुक्त मोर्चा बनाएर पंचायतविरुद्ध आन्दोलन गर्नसमेत मानेका थिएनन् । तर, उनका उत्तराधिकारीहरु भने पटकपटक कम्युनिस्टसित गठबन्धन गर्दै धोखा खाँदै आएका छन् ।

कांग्रेसकै नेतृत्वमा माओवादी जंगलबाट शान्ति प्रक्रियामा आएर संसदीय प्रतिस्पधाबाट सत्तामा पुगे । तर, ब्यालेटबाट सत्तामा पुगेका कम्युनिस्टहरुले वैदेशिक शक्तिको आडमा लोकतन्त्रमाथि धावा बोल्न पनि सक्छन् । सबै लोकतन्त्रवादी यसतर्फ सतर्क हुनु आवश्यक छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC