site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुनसरी १ र २ एमाले–जसपाको ‘क्लिन स्वीप’, ३ मा अग्रता, ४ को गणना अनिश्चित 
Ghorahi CementGhorahi Cement

सुनसरी ।  सुनसरीका दुई निर्वाचन क्षेत्र एमाले–जसपा गठबन्धले क्लिन स्वीप गरेको छ । सुनसरीका ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा क्षेत्रमध्ये २ क्षेत्रको नतिजा आइसकेको छ । जहाँ सुनसरीको क्षेत्र नंं १ मा जसपाका अशोक राई प्रनिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको थियो । 
 
क्षेत्र नं. १ को प्रदेशसभाका दुईवटै क्षेत्र नै नेकपा एमालेले जितेको छ । क्षेत्र नं. १ को प्रदेश सभा १ मा रमेश बस्नेत र २ मा विजय राईले विजयी भएका छन् । 

 क्षेत्र नं. १ मा निकै कडा प्रतिस्पर्धाबीच जसपाका अशोक राई ४५३ मतान्तले निर्वाचित भए । राईले १७ हजार ५९ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १६ हजार ६०६ मत पाइन् । सुरुवाति समयबाटै अग्रता लिएकी तामाङ अन्तिम समयमा पछि परेकी थिइन् । 

प्रदेशसभाका दुईवटै क्षेत्रमा भने नेकपा एमालेका उमेदवार निर्वाचित भए । प्रदेशसभा १ मा रमेश बस्नेतले ११ हजार १०२ मत सहित विजयी भए । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार उमेश थापाले ९ हजार ७५२ मत पाएका थिए । उनीहरु वीच १ हजार ३५० मतान्तर रह्यो । 

Agni Group

 प्रदेशसभा २ तर्फ विजयी राईले राप्रपाका उमेदवार अनिश ढकाललाई ४ हजार ९८२ मतान्तरले पराजित गरेका हुन् । राईले १२ हजार ४६४ मत प्राप्त गरे भने राप्रपाका ढकालले ७ हजार ४८२ मत प्राप्त गरेका थिए । 

यता, क्षेत्र नं. २ मा भने नेकपा एमाले एक्लैले क्लिन स्वीप गरेको हो । प्रनितिधिसभामा एमाले पूर्वसचिव तथा पूर्वमुख्यमन्त्री भीम आर्चाय विजयी भए । आचार्यले नेपाली कांग्रेसका सिताराम मेहतालाई पराजित गर्दै विजयी भएका हुन् । आचार्यले ३२ हजार २४ मत पाए भने मेहताले  २६ हजार ६८ मत पाएका थिए । दुईजना बीचको मतान्तर ५९५६ रहेको छ । 

Global Ime bank

प्रदेश सभाका दुई क्षेत्र नै एमालेले जितेको छ । क्षेत्र नं. २ को १ मा रेवतिरमण भण्डारीले विजयी हाँसिल गरे । भण्डारीले आफ्नै पूर्वसहकर्मी द्वारिकलाल चौधरीलाई पराजित गरेका हुन् । 

विजयी भण्डारीले १४ हजार ५३८ मत ल्याएका थिए भने सत्तागठबन्धनका उमेदवार नेकपा (माओवादी केन्द्र)का चौधरीले ११ हजार ८४५ मत प्राप्त गरेका थिए । दुईजनाबीचको २ हजार ६८०को मतान्तर रह्यो । 

प्रदेश सभा २ मा पनि एमालेबाट रामप्रसाद मेहता विजयी भएका छन् । उनले नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव कोइरालालाई पराजित गरेका हुन् । पराजित कोइराला यसअघि २०७४ सालमा निर्वाचित हुँदै प्रदेशसभामा प्रतिपक्षी दलको नेता पनि भएका थिए । कोइरालालाई ५६६ मतान्तरले एमालेका रामप्रसाद मेहताले पराजित गरेका हुन् । 

कांग्रेसका कोइरालाको १७ हजार ६४३ मत रहेको छ भने मेहताको पक्षमा १८ हजार २०९ मत खसेको थियो । 
 
अन्य दुई क्षेत्रमा पनि एमाले नै अगाडि  
 
सुनसरीका अन्य दुई क्षेत्रमध्ये एक क्षेत्रको मतगणना जारी छ भने एक क्षेत्रको मतगणना स्थगित भएपछि अनिश्चित बनेको छ । हाल मतगणना जारी रहेको  क्षेत्र नं. ३ मा एमालेकी भगवती चौधरीले अग्रता लिएरहेकी छन् । 
 
चौधरी र कांग्रेस उमेदवार विजय कुमार गच्छदारबीचको मतान्तर ४ हजार ३७२ रहेको छ । पछिल्लो मतपरिणाम अनुसार चौधरीको २९ हजार १६४ मत रहेको छ भने गच्छदारको २४ हजार ७९२ मत रहेको छ ।
 
क्षेत्र नं. ३ को प्रदेशसभा १ मा पनि नेकपा एमालेका रोहित बहादुर कार्की विजयी भएका छन् । कार्कीले गठबन्धन उमेदवार नेकपा  (माओवादी केन्द्र)की सरस्वती पोख्रेललाई पराजित गरेका हुन् । कार्कीले ९ हजार १४३ को भारी मतान्तरले पोखरेललाई पराजित गरेका हुन् । कार्कीले १८ हजार ६४१ मत पाएका थिए भने पोखरेलले ९ हजार ४९८ मत पाएकी थिइन् । 
 
हाल मतगणना जारी रहेको प्रदेश सभा २ तर्फ भने नेपाली कांग्रेसका उमेदवार झिनो मतान्तरले अग्रता लिएका छन् । 

मतगणना नै अनिश्चित बनेको सुनसरीको क्षेत्र नं. ४ मा पनि नेकपा एमालेका जगदिश कुसियत र नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीबीच कडा प्रतिस्पर्धा चलिहेको छ । मतगणना रोकिनु हुनुभन्दा अगाडि कांग्रेसका कार्कीले ९८ मतले अग्रता लिएका थिए ।
 
मतगणनाका क्रममा ६०६ मत नेकपा एमालेका उमेदवारको पक्षमा २ पटक जोडेर सुनाइएको आरोप रहेको छ । मत गणकले ६०६ मत एमालेको पक्षमा जोडे पछि फेरी जोडेर सार्वजनिक गरेको कांग्रेस पक्षको आरोप छ । कर्मचारीबाट कमजोरी भएको मुख्य निर्वाचन अधिकृत समेतले सर्वदलीय बैठकमा स्वीकार गरेका थिए । 

तर, कांग्रेसले पुनः मतगणनाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि मतगणना नै अनिश्चित बनेको छ । 

क्षेत्र नं ४ का प्रदेशसभाका दुई क्षेत्रमा भने नेपाली कांग्रेसका उमेदवारले अग्रता लिएका छन् । 

सुनसरीमा नेकपा एमालेकै वर्चस्व स्थापित हुने देखिएको छ । २ क्षेत्र क्लिन स्वीप गरिसकेको एमालेले पुनः प्रतिनिधिसभाका २ क्षेत्रमा अग्रता लिइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC