site stats
विदेश
डार्बिनले हस्ताक्षर गरेको दस्ताबेज लिलाम गरिँदै

न्युयोर्क । महान वैज्ञानिक चार्ल्स डार्बिनले आफ्नो विकासको सिद्धान्तलाई वकालत गर्दै लेखेको उनको हस्ताक्षर भएको सानो कागजको टुक्रा लिलाम गरिने भएको छ । 

डार्बिनको उक्त पाण्डुलिपि विश्व कीर्तिमान कायम गर्दै १० लाख पाउन्ड भन्दा बढी रकममा लिलाम हुने अनुमान गरिएको छ । सन् १८६५ मा एउटा प्रतिष्ठित पत्रिकामा प्रतिलिपिको रूपमा दिने उद्देश्यले डार्बिनले त्यो सानो दस्ताबेज तयार गरेको थियो । 

NMB Bank
Dabur nepal
Agani Group

डार्बिनको आफ्ना महत्त्वपूर्ण कागजातको अभिलेख राख्ने बानी नभएकाले उनका थोरै मात्र सक्कली कागजातहरू अझैसम्म बचेका छन् ।

डार्बिनले आफ्नो पूरा नाम 'चार्ल्स डार्बिन' लेखेका दस्ताबेज निकै थोरै मात्र भेटिएका छन् । 

Global bank

तर, डार्बिन अनलाइनमार्फत उनका अमूल्य चिजहरू संकलन र संग्रहित गर्दै आएका प्राध्यापक जोह्न भान वाइहिले ती महामानवले आफ्नो हस्ताक्षर सहित पृष्ठमा के राख्न खोजेका थिए भन्ने कुरा थप महत्त्वपूर्ण हुनपुगेको बताएका छन् ।

लिलाम हुन लागेको यो अमूल्य दस्ताबेज उनले 'दि अटोग्राफिक मिरर' नामक पत्रिकाका लागि तयार पारेका थिए ।

बीबीसीबाट ।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०३:२३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय
मन्त्रीहरूको 'तमासा' रोक
मन्त्रीहरूको 'तमासा' रोक