site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता’ले नेपाली कथा साहित्यलाई नयाँ उचाइ दिने विश्वास
Tiktok banner adTiktok banner ad

12khari_Katha (31)1659270623.jpg12khari_Katha (38)1659270662.jpgकाठमाडौं । चौथो ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता २०७९’ आह्वान कार्यक्रममा सहभागीहरूले बाह्रखरी कथा प्रतियोगिताले नेपाली कथा साहित्य र लेखन कलालाई नयाँ उचाइमा पुर्‍याउने बताएका छन् । कथाका प्रतियोगिता नगन्य रुपमा हुँदै आएको अवस्थामा आकर्षक पुरस्कारसहितको ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता’ले नेपाली कथा साहित्यलाई नयाँ उचाइ र गन्तब्यमा पुर्‍याउने उनीहरूको विश्वास छ । 

निर्णायक समितिका संयोजक प्रा.डा. कुमारप्रसाद कोइरालाले प्रतियोगिताले नेपाली कथा लेखनमा नवीन मोड ल्याउने विश्वास व्यक्त गरे । “यो कथा प्रतियोगिताले लुकेर रहेका नयाँ प्रतिभालाई प्रष्फुटन गराउँछ । लेखनमा उत्प्रेरणा जगाउँछ,” कोइरालाले भने, “कथा लेख्ने व्यक्तिलाई म कुन स्तरको कथा लेखक हुँ भन्ने मूल्यांकनको अवसर पनि दिन्छ ।” 

4R4A0001-21659269293.jpg

नेपाली कथा साहित्यमा संख्या धेरै भए पनि गुणस्तरीय कथाको संख्या निकै न्यून रहेको र यसको परिपूरण बाह्रखरी कथा प्रतियोगिताले गर्नेमा उनी ढुक्क छन् । 

कथाले पाठकलाई आफूप्रति आकर्षित गर्नसक्नु पर्नेमा जोड दिँदै उनी अगाडि थप्छन्, “कथा भन्नु मात्रै ठूलो कुरा होइन । गीतले स्रोतालाई आकर्षित गरेजस्तै पाठकलाई आफूप्रति आकर्षित गर्ने कथा नै राम्रो र सशक्त हुन्छ ।” 

सशक्त कथा लेखनका लागि पाठकको रुचि, ध्यान, विषय र प्रस्तुतिलाई केन्द्रमा राख्नुपर्नेमा उनको जोड छ । 

प्रतियोगिताको निर्णायक समिति सदस्य सगुना शाह कथा सबैसँग हुने तर लेखन शैलीमात्रै दिनसक्नु पर्ने बताउँछिन् ।

12khari_Katha (33)1659270624.jpg

यसका लागि ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता’ले सहयोग गर्ने उनको विश्वास छ । ‘बाह्रखरी कथा प्रतियोगिता’ले देशभरका कथाकारलाई एक ठाउँमा पढ्ने अवसर प्रदान गरिरहेको भन्दै उनी भन्छिन्, “देशभरका कला, साहित्य, संस्कृति र विविधता यो कथा प्रतियोगितामा आएका कथामा पढ्न पाइन्छ । आंचलिकताबारे देशभरका पाठकलाई जानकारी दिँदै नयाँ स्वादका कथा बाह्रखरीको उत्कृष्ट कथामा पढ्न पाइन्छ ।” 

प्रतियोगिताको निर्णायक समिति सदस्य उमा सुवेदीले ‘बाह्रखरी कथा प्रतियोगिता’मा आउने कथाले देशको मुहार देखाउने बताइन् । 

4R4A0010-21659269334.jpg

मेचीदेखि महाकालीसम्मका नयाँदेखि पुराना कथाकारका कथा ‘बाह्रखरी कथा प्रतियोगिता’ले मुलधारमा ल्याउन सहयोग गर्ने उनको धारणा छ । आफ्नो ठाउँ र परिवेशको विषय र आफ्नो प्रस्तुतिलाई देशभर फैल्याउने प्रतियोगिता अवसर पनि भएको उनको भनाइ छ । 

डिश होमका कार्यकारी निर्देशक सुदीप आचार्यले नेपाली साहित्यलाई अझै माथि उकास्नु पर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय साहित्यको अध्ययन गरिरहेका पाठक माझ पनि नेपाली साहित्यलाई पु¥याउन आवश्यक रहेको उनको भनाइ छ । 

जनतालाई साहित्यमार्फत पनि खुसी बनाउने आफ्नो संस्थाको लक्ष्य भएकाले ‘बाह्रखरी कथा प्रतियोगिता’लाई डिश होमले सहयोग गर्दै आएको उनले स्पष्ट पारे । डिश होम ‘बाह्रखरी कथा प्रतियोगिता’को टाइटल स्पोन्सर हो । 

12khari_Katha (35)1659270643.jpg

यस कथा प्रतियोगितामा नेपाल इन्भेष्टमेन्ट बैंक र किया मोटर्स प्रायोजकको रुपमा रहेका छन् भने अजोड इन्स्योरेन्स र सिटी एक्स्प्रेस मनि ट्रान्सफर सहप्रायोजक रहेका छन् । 

बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले आफू साहित्यिक घरानाको व्यक्ति भएको भन्दै साहित्यको श्रीवृद्धिमा योगदान दिने सुरुदेखि नै आफ्नो सोच रहेको बताए । पुरस्कारको धनराशि बढाउँदै लैजानेबारे संस्थाले सोचिरहेको उनले जानकारी दिए । समाचारसँगै साहित्यको विकासमा बाह्रखरी मिडिया सधैँ प्रतिवद्ध रहेको प्रधान सम्पादक प्रधानको भनाइ छ । 

4R4A0015-21659269350.jpg

बाह्रखरी डट कमका कार्यकारी सम्पादक गोविन्द अधिकारीले ‘बाह्रखरी कथा प्रतियोगिता’ समकालीन समाजको ऐना भएको भन्दै यसमा जो कसैले पनि सहभागिता जनाउन सक्ने बताए । भुगोल र उमेरले प्रतियोगितामा सभागिता जनाउन नरोक्ने बताएका उनले भदौ १४ गतेसम्म कथा पठाउन सकिने जानकारी दिए । असोज ३० गते ‘बाह्रखरी कथा प्रतियोगिता’को परिणाम घोषणा गरिनेछ । 

बाह्रखरी मिडियाका प्रवन्ध सम्पादक राजेश केसीले प्रायोजक तथा सहयोगी संस्थाहरूको सहयोगकै कारण ‘बाह्रखरी कथा प्रतियोगिता’ चौथो संस्करणसम्म आइपुगेको बताए । साहित्यलाई पनि समाजका अन्य पक्षसँगै सँगसँगै अगाडि बढाउन व्यापारिक घरानाको सहयोग आवश्यक रहेको केसीको भनाइ छ । 

‘बाह्रखरी कथा प्रतियोगिता’ घोषणा कार्यक्रममा प्रतियोगिताको पहिलो संस्करणकी विजेता विना थिङले कथा सधैँ विद्रोही हुनुपर्नेमा जोड दिइन् । विद्रोही र गतिशिल सोच र प्रस्तुति बोकेको कथा मात्रै रुचाइने आफ्नो अनुभव रहेको तामाङले सुनाइन् । 

4R4A0019-21659269368.jpg

‘बाह्रखरी कथा प्रतियोगिता’ तेस्रो संस्करणका विजेता मनोजादित्य न्यौपानेले ‘बाह्रखरी कथा प्रतियोगिता’ले आफूलाई नयाँ परिचय र पहिचान दिएको स्मरण गरे । ‘बाह्रखरी कथा प्रतियोगिता’मा प्रथम भएकै कारण अहिले प्रकाशकहरूले कृति प्रकाशनका लागि आग्रह गर्ने गरेको बताए । 

नयाँ पात्र, परिवेश र चरित्रलाई कथामा उभ्याउन र स्थापित गर्न सके पाठकले रुचाउने अधिकतम सम्भावना हुने उनको अनुभव छ । 

प्रतियोगितामा उत्कृट कथाले एक लाख रुपैयाँ, दोस्रोले ६० हजार र तेस्रो कथाले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ । 

कार्यकारी सम्पादक अधिकारीले ‘बाह्रखरी कथा प्रतियोगिता’ जस्तै अरु पनि कथा प्रतियोगिताको आवश्यकता रहेको औंल्याए । 

4R4A0019-21659269368.jpg

यसपटक उत्कृष्ठ २५ कथासँगै उत्कृष्ठ कथा संग्रहमा स्थापित कथाकारहरू डा. ध्रुवचन्द्र गौतम, माया ठकुरी, डा. बेन्जु शर्मा, राजव र अविनाश श्रेष्ठका कथा पनि समावेश गरिनेछ । पाँचजनाका कथा भने प्रतियोगितात्मक कथा हुने छैनन् । बाह्रखरी उत्कृष्ट कथा संग्रहलाई प्रतिनिधिमुलक बनाउन स्थापित कथाकारहरूका कथा समावेश गर्न लागिएको अधिकारीको भनाइ छ । 

बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले निर्णायक मण्डललाई स्वागत गर्दै पुष्पगुच्छा अर्पण गरेका थिए ।
कथा प्रतियोगितामा सहभागीहरुको अन्तिम नतिजा असोज ३० गते काठमाडौंमा एक समारोहका बीच हुने उनले जानकारी गराए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro