site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सात दिनभित्र १करोड ६५ लाख बक्यौता नतिरे सौर्यको उडान रोकिने
Tiktok banner adTiktok banner ad

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सात दिनभित्र सबै बक्यौता चुक्ता नगरे आन्तरिक वायुसेवा कम्पनी सौर्य एयरलाइन्सको उडान रोक्ने चेतावनी दिएको छ ।  विमानस्थल व्यवस्थापनका अनुसार सौर्यले अझै १ करोड ६५ लाख रुपैयाँ चुक्ता गर्न बाँकी छ । झन्डै एक वर्षदेखिको यो बक्यौता चुक्ता गर्न ताकेता गरिए पनि सौर्यले आलटाल गर्दै आएको छ ।

“बक्यौता चुक्ता गर्न सौर्यमा धेरै ताकेता ग¥यौं तर सफल हुन सकेका छैनौं,” त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बिहीबार बाह्रखरीसँग भने, “केही सीप नलागेपछि बाध्य भएर सात दिने म्याद दिएर उडान रोक्ने चेतावनी दिएका हौं ।”

क्षेत्रीका अनुसार एक साताभित्र सम्पूर्ण बक्यौता नतिरे सौर्यका उडान दैनिक एकदेखि डेढ घन्टाका दरले रोक्दै लगिने छ । जबससम्म बक्यौता फछ्र्यौट हुँदैन तबसम्म उडान रोक्ने समय बढाउँदै अन्तिममा सबै उडान पूर्णरूपमा रोक्का गरिने छ । 

विमानस्थलका अनुसार २०७४ मंसिर ६ गतेसम्म सौर्यको बक्यौता २ करोड ९७ लाख रुपैयाँ थियो । बारम्बारको ताकेतापछि उसले ७८ लाख तिरेर २ करोड ४२ लाख बाँकी राखेको थियो । त्यसपछि पुनः ताकेता गरेपछि किस्ता–किस्तामा तिरेको सौर्यले अझै १ करोड ६५ लाख तिर्न बाँकी छ ।

त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने अवतरण (ल्यान्डिङ) र विसान (पार्किङ) शुल्क, हवाई परिवहन (सञ्चार परिवहन उपकरण प्रयोग) शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत सेवा उपयोग गरेवापत सौर्यले उक्त परिमाणबराबरको रकम चुक्ता गर्न बाँकी रहेको छ ।
‘विमानस्थल सेवा शुल्क नियमावली २०६७’ को नियम ३० मा ‘कुनै पनि वायुसेवा वा अन्य कम्पनीबाट ६० दिनभित्र बक्यौता शुल्क उठेन भने सम्बद्ध वायुसेवाको उडानमा रोक लगाउन र अन्य कम्पनीको कारोबार रोक्का गर्नसक्ने अधिकार विमानस्थल प्रमुखलाई हुने’ उल्लेख छ । यही नियमावलीको नियम २९ मा भने ‘विमानस्थलमा तोकिएको शुल्क उठाउने जिम्मेवारी सम्बन्धित विमानस्थल प्रमुखको हुने’ उल्लेख छ ।

२०७१ भदौ पहिलो साता २५ करोड रुपैयाँ लगानीमा सौर्य स्थापना भएको थियो । कम्पनीले क्यानडास्थित जहाज निर्माता कम्पनी बम्बार्डियरमा उत्पादित ५० सिट क्षमतायुक्त ‘क्यानेडियन रिजनल जेट’ (सिआरजे–२००) सिरिजको जहाज  एकथान ल्याएपछि त्यही वर्ष मंसिर १ बाट नियमित व्यापारिक उडान सुरु गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७० साउन तेस्रो साता मुलुकका प्रमुख सहरहरूमा उडान गर्ने गरी सौर्यलाई उडान अनुमति दिएको थियो । सौर्यले पोखरा, विराटनगर, नेपालगन्ज, भैरहवा वा अन्य सहरी गन्तव्यमा आधार गर्न पाउने गरी अनुमति पाएको थियो । सौर्यले सुरुमा ३४ सिट क्षमताको ‘डोर्नियर–३२८’ सिरिज एउटा र ३५ सिटे ‘एसएबी–३४०बी’ सिरिजको एउटा जहाजबाट उडान गर्ने योजना बनाएको थियो । 

सौर्यले मुलुकको आन्तरिक उडान इतिहासमै ‘पहिलो पटक’ जेट इन्जिनयुक्त जहाज प्रयोग गरेको थियो । उसले २०७३ फागुन अन्तिम साता दोस्रो सिआरजे–२०० सिरिजको जहाज ल्याएको थियो ।  त्यसयता निरन्तर दुई जहाजबाट नियमित उडान गरिरहेको सौर्यको हाल एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छ । एउटा जहाजबाट सीमित गन्तव्यमा सेवा दिइरहेको सौर्यलाई दुई महिनाअघि गैरआवासीय नेपाली श्याम अधिकारीलगायतको समूहले करिब ६७ करोड रुपैयाँमा खरिद गरेको थियो । लामो समय घाटामा सञ्चालन भएपछि पुरानो व्यवस्थापनले कम्पनी अधिकारीको समूहलाई बिक्री गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  ०६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro