
काठमाडौं । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले मंगलबार जारी गरेको तथ्यांकअनुसार, सन् २०२५ को पहिलो ६ महिनामा पाँच लाख ७७ हजार ३३३ विदेशी पर्यटक नेपाल आएका हुन् । गत वर्ष (सन् २०२४)को पहिलो ६ महिनामा पाँच लाख ८३ हजार ११ पर्यटक नेपाल आएका थिए ।
सन् २०२५ को जुन महिनामा ७६ हजार ४२५ पर्यटक नेपाल आएका छन् । गत वर्षको यसै महिनामा ७६ हजार ७३६ पर्यटक नेपाल आएका थिए ।
जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो संख्या भारतबाट आएको छ । भारतबाट ३२ हजार ६६२ पर्यटक नेपाल आएका छन् । दोस्रो अमेरिकाबाट ९ हजार ६९६ पर्यटक नेपाल भित्रिएका छन् ।
तेस्रोमा चीनबाट ६ हजार ७३६, चौथोमा बंगलादेशबाट पाँच हजार ४४९ र पाँचौँ स्थानमा बेलायतबाट दुई हजार २८४ पर्यटक नेपाल भित्रिएका छन् ।
त्यस्तै, अष्ट्रेलिया, मलेसिया, भुटान, जापान र दक्षिण कोरियाबाट पनि पर्यटक नेपाल आएका छन् ।