site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सात दिनभित्र एयर एसियाले कम्तिमा १० करोड नतिरे जहाज काठमाडौंमै ‘ग्राउन्डेड’ गर्ने चेतावनी
Tiktok banner adTiktok banner ad

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मलेसियाको निजी वायुसेवा कम्पनी एयर एसिया एक्सलाई एक साताभित्र कूल बक्यौताको कम्तिमा १० करोड रुपैयाँ चुक्ता नगरे नेपाल आउने उसको जहाज काठमाडौंमै ‘ग्राउन्डेड’ गर्ने चेतावनी दिएको छ । 
लामो समयदेखि ठूलो परिमाणबराबरको बक्यौता चुक्ता गर्न बारम्बार ताकेता गर्दै आएको त्रिभुवन विमानस्थल व्यवस्थापनले केही सीप नलागेपछि उसका जहाज नै ग्राउन्डेड (भूमिस्थ) गर्ने चेतावनी मंगलबार दिएको हो । 

मलेसियाको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले गत भदौ तेस्रो साता सार्वजनिक सूचनामार्फत असोज २७ गतेबाट नेपाल उडान बन्द गर्ने घोषणा गरेको थियो । तर, त्यसअघि त्रिभुवन विमानस्थललाई सम्पूर्ण बक्यौता चुक्ता गर्ने जानकारी गराएको थियो । 

“नेपाल उडान बन्द गर्ने घोषणा गरेयता एयर एसिया एक्सले बक्यौता चुक्ता गर्ने छाँट देखाएन,” त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले मंगलबार बाह्रखरीसँग भने, “त्यही भएर बक्यौता चुक्ता गर्न सात दिनको समय दिएका छौं । त्यति समयभित्र कम्तिमा १० करोड रुपैयाँ चुक्ता गर्नैपर्ने र नगरे उसका जहाज काठमाडौंमै ग्राउन्डेड गर्ने चेतावनी दिएका छौं ।” 

महाप्रबन्धक क्षेत्रीका अनुसार बक्यौता चुक्ता गर्ने अवधि केही दिन बढाइदिन भन्दै मलेसियास्थित एयर एसियाको मुख्यालय र काठमाडौंस्थित कार्यालयका अधिकारीहरूले आग्रह गरेका थिए । त्यसपछि एक साताभित्र न्यूनतम १० करोड रुपैयाँ चुक्ता गर्नैपर्ने र नगरे जहाज ग्राउन्डेड गर्ने चेतावनी दिइएको हो ।  

यसअघि बारम्बार ताकेता गरेपछि एयर एसिया एक्सले करिब २३ करोड रुपैयाँ चुक्ता गरेको थियो । अब यसले १७ करोड रुपैयाँ तिर्न बाँकी छ । यसमा सेवा शुल्क ४ करोड र विलम्ब शुल्क १३ करोड रहेको छ । 

आगामी असोज २७ बाट लागू हुने गरी नेपाल उडान बन्द गर्ने औपचारिक पत्र एयर एसियाबाट प्राप्त भएपछि विमानस्थल कार्यालयले एयर एसियाबाट उठाउनुपर्ने सबै रकमको हिसाबकिताब निकालेको थियो ।  ३ सयभन्दा बढी सिट क्षमतायुक्त ‘ए३३०’ सिरिजको जहाजबाट नेपाल उडान गर्दै आएको एयर एसिया एक्सले गएको पाँच महिनादेखि यो सेक्टरमा चरम घाटा खाँदै आएको भन्दै उडानै बन्द गर्ने निर्णय गरेको थियो । नेपालले वैदेशिक रोजगारीको रामो गन्तव्य मलेसिया तत्कालका लागि बन्द गरेयता एयर एसिया यो सेक्टरमा घाटामा सञ्चालन हुँदै आएको उसको भनाइ छ । 

एयर एसियाका अनुसार मलेसियाको क्वालालम्पुरबाट आउँदा ३ सय यात्रु हुने तर काठमाडौंबाट फर्किंदा ४० हाराहारी यात्रु हुन थालेपछि खालि जहाज उडाउनुभन्दा यो सेक्टर नै बन्द गर्ने निर्णय गरिएको हो ।

एयर एसियाले यात्रुसँग उठाएको सेवा शुल्कसँगै विमानस्थललाई तिर्नुपर्ने विमानस्थल विकास शुल्क, अवतरण (ल्यान्डिङ) र विसान (पार्किङ) शुल्क, हवाई परिवहन (सञ्चार परिवहन उपकरण प्रयोग) शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत दुई वर्षभन्दा बढी समयदेखि ठूलो परिमाणमा चुक्ता गर्न बाँकी छ । 

बक्यौता सम्बन्धी छानबिन समितिको निर्देशनपछि त्रिभुवन विमानस्थलले २०७४ मंसिर दोस्रो साता सार्वजनिक सूचना जारी गरी सबै वायुसेवालाई मंसिर मसान्तभित्र बक्यौता चुक्ता गर्न भनेको थियो । तोकिएको म्यादभित्र दुई दर्जन वायुसेवाले ५६ करोड ८७ लाख रुपैयाँ तिरेका थिए ।

त्यसपछि विमानस्थलले पुस २३ भित्र सबै हिसाब चुक्ता नगरे उडान रोक्ने चेतावनीसहितको पत्र एयर एसिया एक्सको मुख्यालय मलेसिया पठाएको थियो । उसको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि (जिएसए) इन्सेन्टिभ्स टुर्सलाई त्यसअघि पठाइएको पत्रको जवाफ नआएपछि विमानस्थलले मलेसिया पत्र पठाएको थियो । जति ताकेता गर्दा पनि अटेर गरेको एयर एसियाले गत वर्ष फागुनदेखि हालसम्म किस्ता–किस्तामा गरी करिब २३ करोड रुपैयाँ चुक्ता गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro