site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिनियाँ जहाजले चार वर्षपछि बल्ल गर्‍यो लुक्लामा परीक्षण उडान
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले १७ सिटे चिनियाँ जहाज काठमाडौं ल्याएको चौथो वर्षमा बल्ल सोलुखुम्बुको लुक्लामा मंगलबार सफल परीक्षण उडान गरेको छ । 

निगमसँग रहेका १७ सिट क्षमतायुक्त चारथान ‘वाई १२–ई’ सिरिजका जहाजमध्ये पहिलो २०७१ कात्तिक १७ गते नेपाल आइपुगेको थियो । निगमले दुर्गम भेगका साना विमानस्थलमा उडाउने उद्देश्यले नै ती जहाज चीनसँग खरिद गरेको थियो । पहिलो ‘वाई १२–ई’ आएदेखि धेरै पटक लुक्लास्थित ‘तेन्जिङ–हिलारी विमानस्थल’ मा परीक्षण उडान गर्न खोजे पनि पाइलट अभावका कारण सकेको थिएन । 

“विभिन्न समस्या पार गर्दै बल्ल लुक्लाका लागि सफल परीक्षण उडान गर्‍यौं,” निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले बाह्रखरीसँग भने, “अब चाँडै लुक्लाका लागि नियमित व्यापारिक उडान सञ्चालन गर्ने तयारी छ, यसमा हामी अगाडि बढेका छौं ।”

निगमले दर्ता नम्बर ‘९एन–एकेयु’ भएको १७ सिटेञ ‘वाई १२–ई’ जहाजबाट मंगलबार बिहान सफल परीक्षण उडान गरेको हो । यो जहाजलाई प्रशिक्षक पाइलट आङनुरी शेर्पा र क्याप्टेन उद्धव घिमिरेले उडाएका थिए । साथमा निगमका पर्फमेन्स इन्जिनियर विशाल पौडेल, क्याप्टेन प्रशन्न राणा, कोपाइलटहरू राज रौनियार र महेशराज पाण्डे तथा क्याबिन क्रु प्रशान्त ओलीले थिए । त्यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू पनि परीक्षण उडानमा सहभागी थिए ।  

यही जहाजबाट निगमले सोमबार लुक्लाका लागि परीक्षण गर्ने उडान गरे पनि खराब मौसमका कारण जहाज त्यहाँ अवतरण गर्न नसकेपछि रामेछापमा अवतरण गरेको थियो । मंगलबार बिहान मौसमले साथ दिएपछि परीक्षण उडान सफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

निगमसँग १७ सिटे चिनियाँ जहाज चारथान भए पनि सुरुमा आएका दुईबाहेक पछिल्लो पटक ल्याइएका दुई जहाज भने पाइलट अभावका कारण उडानमा प्रयोग गरिएको थिएन । चिनियाँ जहाज उडाएर निगमलाई ठूलो परिमाणको घाटा हुँदै आएको छ । 

सरकारले एकैपटक चारथान खरिद गर्ने र दुइटा सित्तैमा पाउने गरी २०६९ मंसिर १४ मा ६ थान चिनियाँ जहाज खरिद सम्झौता गरेको थियो । यसका लागि चीनसँग साढे ३ अर्ब रुपैयाँबराबरको सहुलियत ऋण सरकारले लिएको छ ।  सरकारले सम्झौता गरेको र व्यापारिक उडान गर्ने भएका कारण चिनियाँ जहाजको सञ्चालन भने वायुसेवा निगमको जिम्मामा परेको थियो । सम्झौता गरेको दुई वर्षपछि २०७१ कात्तिक १७ मा पहिलो पटक १७ सिटे ‘वाई १२–ई’ काठमाडौं अवतरण गरेको थियो ।

चीनसँग भएको सम्झौताअनुसार १७ सिटे चारथान ‘वाई १२–ई’ र ५८ सिटे दुईथान ‘मोडर्न आर्क’ (एमए–६०) सिरिजका छन् । निगमले अनुदानमा पाएका एक–एकथान ‘वाई १२–ई’ र एमए–६० जहाज सुरुमा ल्याएको थियो । त्यसपछि खरिद गरिएकामध्ये ‘वाई १२–ई’ र एमए–६० ल्याएको थियो । पछिल्लो पटक अन्तिम दुई ‘वाई १२–ई’ ल्याएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro