site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न– कार्यकर्तालाई अरिंगालझैँ जाईलाग्नू भन्ने भाषणको सन्देश के हो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार संविधान पालनामा चुकेको टिप्पणी गरेको छ । तेस्रो संविधान दिवसको अवसर पारेर प्रतिपक्षी कांग्रेसले सरकार संविधान पालनामा चुकेको टिप्पणी गरेको हो ।  

संविधानको पालना पहिलो कर्तव्य भएपनि संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन नगर्नुबाट सरकारको इमान्दिारिता प्रष्ट भएको कांग्रेसको धारणा छ । संविधानको उक्त धारामा सभामुख र उपसभामुख फरक–फरक राजनीतिक दलको व्यक्ति हुनुपर्ने व्यवस्था रहेको छ । तर अहिले सभामुख र उपसभामुख सत्तारुढ ने क पाका तर्फबाट निर्वाचित व्यक्तिहरु छन् ।    

‘‘संविधान पालनाको पहिलो कर्तव्य सरकारको हो । तर संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन नहुनु यसको पालनामा सरकारको इमान्दारिता नरहेको गम्भीर उदाहरण हो,” पार्टी कार्यालय सानेपामा बुधबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने । 

प्रतिपक्षी कांग्रेसले ने क पा नेतृत्वको सरकार संविधानप्रति अपनत्व विस्तारमा समेत चुकेको दाबी गरेको छ । सरकार संविधानप्रति अपनत्व विस्तारमा चुकेका कारण सरकारमै रहेका केही दलले संविधान दिवस नमान्ने, नमनाउने र कालो दिन घोषणा गरेको कांग्रेसको ठहर छ । तेस्रो संविधान दिवस मनाइरहँदा संविधान जारी भएको दिनलाई कालो दिवसका रुपमा घोषणा गर्नुपर्ने स्थिति निर्माण हुनुमा सरकारको असफलता भएको कांग्रेसको दाबी छ । 

‘‘संविधान संशोधनको विगतको प्रस्तावलाई राष्ट्रघात करार गरेपनि वर्तमान सरकारको नेतृत्वले अन्ततः संशोधन आवश्यक ठहर त गर्यो तर सत्ताको बाग्र्रेनिङ चिप्सका रुपमा प्रयोग गरेर अन्तत त्यसलाई अघि बढाएन । परिणाममा अपनत्व विस्तारको विषय अझै अधुरो छ,” शर्माले भने ।  

आफ्नो नेतृत्वमा निर्माण भएको संविधानलाई कांग्रेसले तीन तहको निर्वाचन सम्पन्न गराएर कार्यान्वयनको ऐतिहासिक चरण पुर्याएपनि निर्वाचनले संस्थागत गरेको संविधानको समग्र सफलताका लागि राख्नुपर्ने गाम्भिर्यता वर्तमान सरकारले देखाउन नसकेको उनको भनाइ थियो । 

कांग्रेस प्रवक्ता शर्माले संविधान अनुरुप सरकारले लोकतान्त्रिक चरित्रसमेत देखाउन नसकेको टिप्पणी गरे । ‘‘प्रतिपक्षलाई प्रतिपक्ष होइन भन्ने अभिव्यक्ति, निषेधाज्ञा, टिभी प्रस्तोतालाई कारवाही, कयौ सरकारी समाचार संस्थाबाट पत्रकारको बिदाई, समाचार साभार गरेकोमा पत्रकारलाई हतकडी यी र यस्ता उदाहरण हुन् जसले पुष्टि गर्छ, लोकतान्त्रिक प्रकृयाबाट नयाँ सरकार त बन्यो तर सरकार लोकतान्त्रिक चरित्रको बन्न सकेन,” प्रवक्ता शर्माले भने । 

संविधान र सरकारसँग नागरिकले शान्ति, सुरक्षा र समृद्धिको अपेक्षा राखेको भएपनि वर्तमान सरकार गठन भएदेखि नै शान्ति–सुरक्षाको स्थिति कमजोर हुँदै गएको कांग्रेसको ठहर छ । निर्मला पन्तको हत्या प्रकरण अनेक कोणवाट कालो धब्बा बन्न पुग्नु, दोषीलाई जोगाउन र निर्दाेषलाई दोषी सावित गर्न खोजिनु, न्याय माग्दा गोली चलाएर अंगभंग र जनता मार्नु त्यसको उदाहरण भएको कांग्रेसको तर्क छ । 

‘‘निर्मलाका निम्ति न्याय माग्दै देशको १९ स्थानमा जनप्रदर्शन भइरहेकै दिन प्रधानमन्त्रीको कार्यकर्तालाई अरिगांल झै जाई लाग्न भड्काउयुक्त भाषणको सन्देश के हो ? यो शैलीले के शान्ति सुरक्षालाई बढावा दिन्छ ? के यहि प्रवृत्तिको निरन्तरताले संविधानलाई सफल बनाउन सकिन्छ ?,’’ कांग्रेस प्रवक्ता शर्माले प्रतिप्रश्न गरे । 

संघीयतासहितको संविधान बनेर निर्वाचनमार्फत प्रदेश सरकार गठन भइसक्दा पनि संघीयतालाई बलियो बनाउने ढंगले केन्द्रीय सरकारले इच्छाशक्ति र क्षमता प्रस्तुत गर्न नसक्दा संविधान कार्यान्वयनको पछिल्लो अध्याय अझै अधुरो रहेको उनको भनाइ थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro