site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल वायुसेवा निगममा खरेल नियुक्तिका ‘खल्याङमल्याङ’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । झापाका मदन खरेल नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनेर आउँदैछन् भन्ने गाइँगुइँ हल्ला झन्डै डेढ महिनादेखि चलेको थियो । हल्ला सत्य भयो भने चारवर्षे कार्यकारी अधिकार लिएर निगम हाँकिरहेका महाप्रबन्धक सुगतरत्न कंसाकारले के गर्लान् ? भनेर निगमका १ हजार ४ सय कर्मचारीमा उत्सुकता थियो । 

त्यही हल्लालाई सत्य साबित गर्दै आइतबार रातिसम्म बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी ओलीले ठाडो निर्णय सुनाए– नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरिएको छ । 

विभागीय मन्त्री (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन) रवीन्द्र अधिकारी आइतबारको मन्त्रिपरिषद बैठकमा सहभागी थिएनन् । पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री अधिकारी खरेललाई निगमको कार्यकारी अध्यक्ष नियुक्तिको विपक्षमा थिए । तर, उच्च तहको ‘दबाब’ थेग्न नसकेपछि अधिकारी मन्त्रिपरिषद् बैठकमा सहभागी नभई काठमाडौं बाहिर गएका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

मन्त्री अधिकारी नभए पनि उनकै मातहतको वायुसेवा निगमको कार्यकारी अधिकार खरेललाई दिइयो । कार्यकारी अध्यक्ष नियुक्त गर्नु दुई दिनअघिको मन्त्रिपरिषद बैठकले पर्यटन सचिव कृष्णप्रसाद देवकोटालाई निगम सञ्चालक समितिको अध्यक्षबाट हटाएर खरेललाई सञ्चालक सदस्य नियुक्त गरेको थियो । 

खरेल तिनै हुन् जो खुला प्रतिस्पर्धाबाट २०६९ फागुनमा चार वर्षका लागि निगमको महाप्रबन्धक छानिएर आएका आएका थिए । तर, काम सुरु गरेको २७ महिनामै २०७१ चैत १ गते उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए । 
तर, खरेलको नियक्तिलाई पर्यटन मन्त्री अधिकारीले ‘स्वाभाविक प्रक्रिया’ भएको प्रतिक्रिया दिएका छन् । “निगमको कार्यकारी अध्यक्षमा खरेलको नियुक्ति सहमतिमै भएको हो, अस्वभाविक मान्नुपर्ने अवस्था छैन,” मन्त्री अधिकारीले बाह्रखरीसँग भने, “सबैले मिलेर काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।”

Royal Enfield Island Ad

आफ्नो कार्यकारी अधिकार अर्कैको पोल्टामा गएपछि निगम महाप्रबन्धक कंसाकार राजीनामा दिने ‘मुड’ मा भने छैनन् । उनले सामाजिक सञ्जालहरूमा ‘खरेल कार्यकारी अध्यक्ष नियुक्त भएको तर, बाँकी रहेको आफ्नो आठ महिना कार्यकाल पूरा गरेरै जाने राजीनामा नदिने’ बताएका छन् । चार वर्षका लागि महाप्रबन्धक नियुक्त कंसाकारको कार्यकाल आठ महिना बाँकी छ ।

“तीन–चार दिनदेखि राजीनामा दिने मनस्थितिमा थिएँ तर पर्यटन सचिवज्यूसहित निगमकै निर्देशक साथीहरूले काम गर्नुस्, राजीनामा नदिनुस् भनेपछि कार्यकाल पूरा गर्ने निर्णयमा पुगेँ,” कंसाकारले बाह्रखरीसँग भने, “आजबाट मलाई टाउको हलुका भएको छ । बाँकी कार्यकालभरि मेरो हस्ताक्षर चल्दैन तर, सहकार्य गरेर अगाडि बढ्छु । मेरै कार्यकालमा हालै ल्याइएका दुईथान वाइड बडी ए३३० सहित १३ थान जहाजलाई कार्यकाल अवधिभित्र व्यवस्थित उडान प्रणालीमा प्रवेश गराएपछि निगमबाट बिदा हुन्छु ।”

विगतमा आफू कार्यकारी अध्यक्ष रहेका बेला तीन महिना कार्यकाल बाँकी छँदै तत्कालीन पर्यटन मन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले मन्त्रालयमा बोलाएर राजीनामा दिन निर्देशन दिएको कंसाकारले सुनाए । 

“कि मैले काम नगरेको हुनुपर्‍यो, कि मेरो कामबाट उच्च तह रिसाएको हुनुपर्‍यो, कि केही काम बिगारेको हुनुपर्‍यो, होइन भने किन राजीनामा दिने ? म राजीनामा दिन्नँ भनेपछि मन्त्रीज्यू मसँग रिसाउनुभएको थियो,” कंसाकार सम्झिन्छन् ।

२०४२ सालतिर निगम प्रवेश गरेका खरेल २०६९ सालमा महाप्रबन्धक हुनुअघि कमर्सियल डाइरेक्टर (१० तह) मा कार्यरत थिए । सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने भएपछि उनले कमर्सियल डाइरेक्टरबाट राजीनामा दिएर प्रतिस्पर्धामा उत्रिएका थिए । 
उनी महाप्रबन्धक भएर आएपछि त्यसबेला उनीभन्दा वरिष्ठ अधिकारीहरूले केही असहज महसुस गरेका थिए । त्यसबेला पनि निगममा काम गर्ने वातावरण केही नमिलेको सम्बद्ध अधिकारीहरूको भनाइ छ । 

“निगममा जहिले पनि केही उन्नतिका काम हुन लाग्यो कि यस्तै भाँडभैलो हुने गर्छ,” निगमका एक उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, “एकजनालाई जिम्मेवारी दिने अनि उसलाई कामै गर्न नदिने परिपाटीले सरकारी संस्थानको बेहाल भएको हो । खरेलको नियुक्ति यसैको पछिल्लो उदाहरण हो ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०७५  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro