site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवालाई गलाउन पौडेल र सिटौलालाई मिलाउने प्रयास
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच देखिएको अविश्वासको खाडल पुर्ने कसरत सुरु गरेको छ । सभापति देउवाविरुद्ध एकजुट भएर अगाडि बढ्न संस्थापन इतर समूहले दुई नेताबीच बढ्दै गएको दूरी कम गरी अविश्वासको खाडल पुर्ने प्रयास सुरु गरेको हो । 

वरिष्ठ नेता पौडेल र आफ्नो नेतृत्वको ‘तेस्रो धार’ लाई सक्रिय बनाउने अभियानमा जुटेका नेता सिटौलालाई एक ठाउँमा ल्याउने कसरतको प्रयास नेता अर्जुननरसिंह केसीले गरिरहेका छन् । सोही प्रयासअन्तर्गत शुक्रबार बिहान काठमाडौंको गोंगबुस्थित केसी निवासमा संस्थापन इतरका नेताहरुको संयुक्त बैठक बसेको छ ।  

नेता केसीले संयोजन गरेको वैठकमा वरिष्ठ नेता पौडेल, ‘तेस्रो धार’ को नेतृत्व गर्दै आएका नेता सिटौला, प्रकाशमान सिंह, डा. रामशरण महतबीच झण्डै दुई घण्टा छलफल भएको बताइएको छ । छलफलमा नेताहरुका बीचमा सभापति देउवाविरुद्ध एकजुट भएर आगामी केन्द्रीय कार्यसमिति र महासमिति बैठकमा प्रस्तुत हुने सहमति जुटेको स्रोतले जनाएको छ । 

KFC Island Ad
NIC Asia

‘‘केही दिनअघिदेखि पौडेल र सिटौलाबीच विवाद सुरु भएको विषयले सञ्चारमाध्यममा चर्चा पायो । सिटौला पनि आफ्नो धारलाई सक्रिया बनाउने उद्घोष गरेरै अगाडि बढ्नु पनि भयो,’’ बैठकमा सहभागी एक नेतालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘‘तर यसरी छुट्टाछुट्टै गुटबन्दी गरेर देउवाविरुद्धको मोर्चा बलियो नहुने निष्कर्ष निकाल्दै अब फेरि एक भएर जाने भन्ने सहमति भएको छ ।’’

स्रोतका अनुसार बैठकमा पार्टीले भदौ २८ गतेका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा सामूहिक धारणा बनाएर प्रस्तुत हुनेपनि सहमति भएको छ । केही महिनापहिले पनि एक कार्यक्रममा वरिष्ठ नेता पौडेल र नेता सिटौलाले एक–अर्काको हात उचालेर संस्थापन पक्षलाई आफूहरु एक ठाउँमा उभिएको सन्देश दिएका थिए ।

Royal Enfield Island Ad

तर, वरिष्ठ नेता पौडेलले आफूलाई सधै शंकाको नजरले हेर्न थालेपछि सिटौला आफ्नो समूहलाई क्रियाशील बनाउने अभियानमा लागेका थिए । उनले भदौ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलसँगको सम्बन्ध थाति राखेर आफूले नेतृत्व गरेको समूहलाई क्रियाशिल बनाउने संकेत गरेका थिए । 

१३ औं महाधिवेशनमा नेता सिटौलाले देउवालाई सघाएर आफूलाई पराजित गर्न भूमिका खेलेको भन्दै पौडेलले उनलाई विश्वास गर्न नसकेको नेताहरु बताउँछन् । नेता पौडेलले एक ‘टिभी शो’ मा सिटौला पछिल्लो समयमा पश्चाताप गरेर आफूसँग हिँडिरहेको अभिव्यक्ति दिएपछि दुई नेताबीचको सम्बन्ध थप चिसिएको थियो । कांग्रेस निकट कानुन व्यवसायीहरुको महाधिवेशनमा अलग–अलग प्यानल बनाएर चुनाव लडाएपछि पौडेल र सिटौलाबीचको सम्बन्ध चिसिन सुरु भएको थियो ।   

नेता केसीको निवासमा बसेको बैठकमा नेताहरु आपसमा प्रतिष्पर्धा भएपनि पार्टीका विभिन्न मुद्दाहरुमा कार्यगत एकता गरेर अगाडि बढ्ने र आगामी महासमिति बैठकसम्म सहमति गरेर संस्थापन पक्षको एकलौटी निर्णयका विरुद्ध उभिने विषयमा एकमत देखिएका स्रोतको भनाइ छ । 

नेता केसीले भने शुक्रबारको बैठकलाई सामान्य भेटघाट भनेका छन् । उनले संस्थापन इतर समूहमा कुनै पनि ‘ग्रुपिजम’ नभएको दाबी गर्दै पार्टीलाई मजबुत बनाएर लैजाने बारेमा छलफल भएको बताए । ‘‘हामीबीच कुनै ग्रुपिजम छैन् । काम गर्ने सबैका आफ्ना–आफ्ना स्टाइल हुन्छन् । सम्पूर्ण रुपबाट पार्टी सुधार गरेर जान सबैले एक भएर जानुपर्छ भन्ने हो । सहमति स्वीकार्य ढंगबाट होस् भन्ने हाम्रो दृष्टिकोण हो, त्यसमा हामी छलफल गरिरहेका छौं,’’ नेता केसीले बाह्रखरीसँग भने । 

पार्टीमा गठन हुन बाँकी रहेका विभाग र समितिहरुमा विधानअन्तर्गत रहेर सबैलाई स्वीकार्य हुने गरी सदस्यहरु चयन हुनुपर्ने उनको आशय थियो । बैठकमा आगामी केन्द्रीय कार्यसमिति बैठकमा सबैलाई स्वीकार्य हुने गरी विभाग र समिति चयनका लागि सभापति देउवालाई दबाब दिने संस्थापन इतरका नेताहरुको तयारी छ ।  

सभापति देउवाले बिहीबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक  एक साता पछि सारेका छन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समिति र अनुशासन समिति गठन गर्ने बताइएको थियो ।
 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०७५  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro