site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवाविरुद्धको मोर्चामा रहेका पौडेल–सिटौलाबीच नै विवाद 
SkywellSkywell

काठमाडौं । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अप्रत्यासित पराजय भोग्नु परेपछि नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको बहस चुलिएको थियो ।  शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा होस् वा माओवादी केन्द्रसँग मिलेर सरकार चलाएका बेला गरिएका महत्वपूर्ण निर्णय नै विवादको घेरामा परे ।

निर्वाचनको परिणाम सार्वजनिक भएबाटै संस्थान पक्ष इतरका नेताहरु सभापति देउवाविरुद्धको मोर्चाबन्दीका लागि जुटेका छन् । अर्लि महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नैपर्ने निष्कर्ष निकाले ।

१३ औं महाधिवेशनबाट स्पष्ट रुपले तीन समूहमा विभाजित कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह सभापति देउवाविरुद्धको मोर्चाबन्दीका लागि पटक–पटक छलफलमा जुट्यो । तर पौडेल समूह र सिटौला समूह संस्थापन पक्षविरुद्ध एक भएर जाने सैद्धान्तिक रुपले सहमत भएपनि व्यवहारिक रुपले एक हुन सकेका छैनन् । 

KFC Island Ad
NIC Asia

वरिष्ठ नेता पौडेलले पूर्वमहामन्त्री सिटौलालाई विश्वास गर्न नसकेका कारण उनीहरुबीच आगामी महाधिवेशनमा सभापति देउवाविरुद्ध एकजुट भएर प्रतिष्पर्धामा जाने विषयले ठोस ढंगले निकास पाउन सकेको छैन । पौडेलसँग मिलेर जान नसकिने निष्कर्षका साथ सिटौला समूहले केहीदिन पहिले छुट्टै कार्यक्रमसमेत आयोजना गर्यो । 

१३ औं महाधिवेशनमा नेता सिटौलाले देउवालाई सघाएर आफूलाई पराजित गर्न भूमिका खेलेको भन्दै पौडेलले उनलाई विश्वास गर्न नसकेको नेताहरु बताउँछन् । 

Royal Enfield Island Ad

‘‘दुवै नेताहरुको रणनीति त देउवा विरुद्ध मिलेर जाने भन्नेछ । एक खालको सैद्धान्तिक रुपमा उहाँहरु सहमत पनि हुनुहुन्छ । तर व्यवहारिक पक्षमा पौडेलको मनमा सिटौलाले आफूलाई १३ औं महाधिवेशनमा हराएको हो भन्ने परेको छ । उहाँको असन्तुष्टि कार्यक्रमहरुमा जताततै बोल्दा छताछुल्ल हुन्छ । त्यसो भएपछि बनेको सम्बन्धमा पनि फेरि ब्रेक भइहाल्छ,’’ चुनावी परिणाम सार्वजनिक भए लगत्तै देउवाविरुद्धको मोर्चाबन्दीमा सक्रिय एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने ।

वरिष्ठ नेता पौडेलले आफूलाई सधै शंकाको नजरले हेर्न थालेपछि सिटौला अहिले आफ्नो समूहलाई क्रियाशिल बनाउन थालेका छन् । उनले भदौ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलसँगको सम्बन्ध थाति राखेर आफूले नेतृत्व गरेको समूहलाई क्रियाशिल बनाउने संकेत गरेका थिए । 

नेता पौडेलले एक टेलिभिजन अन्तर्वार्तामा सिटौला पछिल्लो समयमा पश्चाताप गरेर आफूसँग हिँडिरहेको अभिव्यक्ति दिएपछि दुवै नेताबीचको सम्बन्ध थप चिसिएको बताइएको छ ।  कांग्रेस निकट कानुन व्यवसायीहरुको महाधिवेशनमा अलग–अलग प्यानल बनाएर चुनावी प्रतिष्पर्धा भएपछि पौडेल र सिटौलाबीचको सम्बन्ध चिसिन शुरु भएको थियो ।   

यसअघि केही महिना पहिले एक कार्यक्रममा वरिष्ठ नेता पौडेल र नेता सिटौलाले एक–अर्काको हात उचालेर संस्थापन पक्षलाई आफूहरु एक ठाउँमा उभिएको सन्देश पनि दिएका थिए । तर त्यसको भोलिपल्टै नेता सिटौला नै सहभागी भएको कार्यक्रममा १३ औं महाधिवेशनमा भोग्नुपरेको पराजय स्मरण गर्दै पौडेलले भनेका थिए, ‘‘मैले हिजो पनि भनेको थिएँ, हात उचालेर एकता हुँदैन । एकता हुनलाई मनैदेखि मिल्नुपर्दछ । हामीले अब एकजुट भएर कांग्रेसलाई सुदृढ गर्न जरुरी छ ।’’  

नेता सिटौलाले आफूले नेतृत्व गरेको ‘तेस्रो धार’ लाई क्रियाशिल बनाउने अभियानको शुरुआत गरेपनि उनलाई अरु नेताहरुको नेतृत्व गर्न सहज भने देखिँदैन । समकालिन नेताहरुको दृष्टिकोणमा ‘जुनियर’ मानिने भएकाले सिटौलालाई ‘तेस्रो धार’ लाई विस्तार गरेर नेतृत्व गर्न सहज नदेखिएको नेताहरुको भनाइ छ। 

‘‘उहाँमा कानुनी ज्ञान राम्रो छ, कुशल रणनीतिकार पनि हो तर उहाँको जनेरेसनको मान्छेले उहाँलाई जुनियर भन्छन् । सिटौलालाई सिनियर मानेर उहाँको अम्ब्रेलामा बस्न तयार छैनन्,’’ नेता सिटौला निकट मानिने एक केन्द्रीय सदस्यले भने, ‘‘१३ औं महाधिवेशनमा विद्रोह नगरेको भए अहिले सिटौला नै नेता हुने अवस्था थियो तर विद्रोह गरेपछि देउवालाई जिताउने त सिटौला नै हो नि भन्ने परेको छ ।’’   

वडा तह हुँदै केन्द्रीय तहको राजनीतिमा छुट्टै पहिचान स्थापित गरिसकेका सिटौलालाई समकालिन नेताहरुले आफ्नो नेता नमाने पनि उनी संस्थापन इतरका नेताहरु भित्र व्यक्तिगत रुपमा बलियो मानिन्छन् । ‘‘१३ औं महाधिवेशनमा लडेर सिटौलाले देशभरी एक खालको होल्ड बनाउनुभएको छ । लिगेसी छोडेर इन्डिभिजुअल्ली को बलियो छ भन्दा सिटौला नै सबैभन्दा बलियो हुनुहुन्छ,’’ सिटौला निकट एक केन्द्रीय सदस्यले भने । 

‘लिगेसी’ लाई मात्रै आधार मान्दा वरिष्ठ नेता पौडेलको अवस्था पनि कमजोर रहेको कांग्रेसका नेताहरु बताउँछन् । पौडेलबाट कोइराला परिवारको ‘लिगेसी’ र पुरानो संस्थापनको ‘लिगेसी’ अलग राखेर हेर्दा उनको अवस्था कमजोर रहेको नेताहरुको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०७५  ०८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro