site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री ओलीको दोहोरो चरित्र : कांग्रेस 
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो चरित्रका कारण प्रधान न्यायाधिश नियुक्ति प्रक्रिया दुर्घटनामा परेको ठहर गरेको छ । 

मंगलबार बेलुकी पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानामन्त्री ओलीको दोहोरो चरित्रका कारण प्रधान न्यायाधिश नियुक्ति प्रक्रिया दुर्घटनामा परेको ठहर गरेको हो । बैठकले प्रधान न्यायाधिश नियुक्ति प्रक्रिया दुर्घटनामा परेको घटनालाई दुर्भाग्यपूर्ण पनि भनेको छ । 

‘‘यो दुर्भाग्यपूर्ण घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारणीको अतिक्रमण र नियन्त्रणकारी हस्तक्षेपका रुपमा लिँदै कांग्रेसले आगामी दिनमा लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, संविधान, सैवैधानिक सर्वोच्चता र न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता रक्षा गर्न अझ बढी गम्भीरताका साथ क्रियाशिल हुने छ,’’ केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भने । 

KFC Island Ad
NIC Asia

पदीय प्रतिष्ठा र जिम्मेवारी विपरित प्रधानमन्त्री ओलीले दुराशयपूर्ण तरिकाले आफैँले दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधान न्यायाधिशमा सिफारिश गर्ने र आफैँ अस्वीकृत गराउने दोहोरो भूमिका निर्वाह गरेको प्रवक्ता शर्माको भनाई थियो । 

‘‘प्रधानमन्त्री स्वयम् संवैधानिक परिषदको अध्यक्ष हुनुहुन्छ, उहाँले स्वयम् आफै जोशीलाई प्रधान न्यायाशिधका लागि सिफारिश गरेर सर्वसम्मतिले पारित गराउनु भयो । अर्कोतिर संसदीय सुनुवाई समितिमा पुगे पछि उहाँले आफ्नै अध्यक्षतामा भएको निर्णयलाई उल्ट्याउनलाई आफ्नै पार्टीलाई ह्वीप जारी गरेर दोहोरो भूमिका निर्वाह गर्नुभएको छ,’’ उनले भने । प्रधानमन्त्री ओलीले संसदीय सुनुवाई समितिलाई आफ्नो पार्टीको ‘रबर स्टाम्प’ बनाएको शर्माको टिप्पणी थियो । 

Royal Enfield Island Ad

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विधान मस्यौदा समिति चाँडै गठन गरेर पूर्वनिर्धारित समयभित्रै (भदौ) महासमिति बैठक डाक्ने, गठन हुन बाँकी रहेका विभिन्न विभागहरु गठन गर्ने र विजयकुमार गच्छोरसँग पार्टी एकीकरणको समयमा भएको सहमति कार्यान्वयन गर्ने बारेमा पनि छलफल भएको प्रवक्ता शर्माले जानकारी दिए । 

उनका अनुसार सभापति शेरबहादुर देउवा सिंगापुर भ्रमणबाट फर्किएपछि पार्टीको आन्तरिक कामहरुलाई पूर्णता दिन बैठकमा सहमति जुटेको छ । देउवा बुधबार स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदैछन् ।  

यस्तो छ कांग्रेसले बैठकपछि जारी गरेको विज्ञप्ति 
श्रावण २२, २०७५

सभापति श्री शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बसेको 
केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकको निर्णयहरु 

केन्द्रीय कार्यसमितिको बैठकको निर्णय—

प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीले संवैधानिक परीषदको अध्यक्षको हैसियतमा सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधिश श्री दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधान न्यायाधिश पदका लागि प्रस्तावित गर्नु भयो । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन, २०६६ को दफा ५ को व्यवस्था बमोजिम प्रधानन्यायाधिश पदमा नियुक्त हुन संविधान तथा प्रचलित कानूनमा उल्लेख भएको योग्यता, उपयुक्तता र निजको समाजिक प्रतिष्ठा, उच्च नैतिक चरित्र, इमान्दारिता, निजप्रतिको जनभावना तथा निजले पहिले गरेको सेवा र पेशागत अनुभव समेतलाई आधार मानी संवैधानिक परिषदले प्रधानमन्त्रीको प्रस्तावमा सर्वसम्मत रुपमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय ग¥र्यो । त्यसै अनुसार संसदीय सुनुवाई समितिमा अनुमोेदनका लागि पठाइयो । तर, प्रधानमन्त्रीकै निर्देशनमा प्रधानमन्त्रीको पार्टीको तर्फबाट संसदीय सुनुवाई समितिमा प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यहरुबाट विना आधार र कारण सर्वोच्च अदालतको प्रधानन्यायाधिश पदमा नियुक्त गर्ने सिफारिस अस्वीकृत गरियो । 

समग्रमा, प्रधानमन्त्री पदको प्रतिष्ठा र जिम्मेवारी विपरित प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीले दुराशयपूर्ण तवरबाट आफैं सिफारिस गर्ने, आफैं अस्वीकृत गराउने दोहोरो भूमिका गर्नु भएको कारण प्रधान न्यायाधिश नियुक्तिको प्रक्रिया दुर्घटनामा प¥र्यो । यो दुर्भाग्यपूर्ण घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निस्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण र नियन्त्रणकारी हस्तक्षेपका रुपमा लिदै नेपाली कांग्रेस आगामी दिनमा लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, संविधान, संवैधानिक सर्वोच्चता र न्यायापालिकाको स्वतन्त्रता एवं निष्पक्षता रक्षा गर्न अझ बढी गम्भीरताका साथ क्रियाशील रहने निर्णय गर्दछ । 

शोक प्रस्ताव ः
नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टीको संगठनमा सक्रिय योगदान पु¥याउनु भएका नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका सभापति एवं पूर्व सांसद कमलप्रसाद पंगेनीको गत श्रावण २० गते भएको असामयिक निधन, नेपाली कांग्रेस नुवाकोटका पूर्व महासमिति सदस्य विष्णु आचार्यको गत श्रावण १३ गते भएको असामयिक निधन र नेपाली कांग्रेस संखुवासभाका महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला विकास समितिका सभापति भैरुङ्ग धर्चे भोटेको गत श्रावण ९ गते भएको निधनप्रति आजको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । उहाँहरुको निधनबाट पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ । उहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारजनप्रति यो बैठक हार्दिक समवेदना प्रकट गर्दछ । 


    कृष्णप्रसाद पौडेल
    मुख्य सचिव

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५  २०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro