site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्य सुधारोन्मुख, अवस्था गम्भीर
काठमाडौं ।
रक्तचाप न्यून भएपछि ओम अस्पतालमा भर्ना गरिएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
विहानभन्दा स्वास्थ्यमा सुधार भए पनि अवस्था भने अहिले पनि गम्भीर नै रहेको चिकित्सकले बताएका छन् ।
“विहान पाँच बजेदेखि भेन्टिलेटरमा राखिएको हो,” चिकित्सक लव नरसिंह जोशीले भने,“अहिले साढे ६ बजे हामीले बोलाउँदा आँखा हेर्नुभयो । अहिले पनि लट्ठ बनाउने औषधी दिएका छौं । विहानको भन्दा सुधार भएपनि अवस्था गम्भीर नै छ ।”
उनले यही अवस्थामा सुधार भए विहानसम्म आशावादी हुन सक्ने जनाए ।  
“उहाँलाई अहिले पनि भेन्टिलेटरमा राखिएको छ,” उनले भने,“यही अवस्था हुने हो भने विहानसम्म आशावादी हुन सक्छौं ।”
डा. जोशीले आफुहरुको टोलीले भारतको एपोलो अस्पतालका चिकित्सकसँग पनि निरन्तर छलफल गरेको जानकारी दिए । 
“हामीले दिल्लीको एपोलो अस्पतालका चिकित्सकहरुसँग निरन्तर छलफल गरेका छौं,” उनले भने,“उताका चिकित्सकले पनि रिपोर्ट हेर्नुभएको छ । अहिलेको अवस्थामा एयर एम्बुलेन्समा पनि ल्याउन सकिँदैन भन्ने उहाँहरुको भनाई छ ।”
रक्तचाप न्यून भएपछि अस्पताल भर्ना भएका कोइरालाले रातीदेखि बान्ता गरेपछि स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।
कोइरालाको स्वास्थ्य अवस्था बुझ्न बुधबार दिनभर अस्पतालमा विभिन्न दलका नेता तथा कार्यकर्ताको भीड लागेको थियो ।
 
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार २२, २०७३  १९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro