site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपतिले लिइन् ‘पदमुक्त’ प्रधानन्यायाधीश पराजुलीसँग शपथ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो कार्यकालका लागि पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । भण्डारीले आज (बुधबार) अपरान्ह प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीबाट शपथ लिएकी हुन् । उनले ईश्वरका नाममा शपथ लिएकी छन् । 
यसैबीच प्रधानन्यायाधीश पराजुली पदमुक्त भएका छन् । न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश पराजुलीलाई बुधबार अपरान्ह अवकाश भइसकेको जानकारी गराएको हो । 
परिषदका तर्फबाट पराजुलीलाई बुझाइएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ । पत्रमा परिषद्का सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरेका छन् ।
न्याय परिषदमा रहेको पराजुलीको शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकतालगायतका कागजपत्रका आधारमा उमेर हदका कारण पराजुलीको कार्यकाल सकिएको परिषदको पत्रमा उल्लेख छ ।

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  १७:०१
प्रतिक्रिया दिनुहोस्