site stats
बाह्रखरी :: Baahrakhari
खेल
गामासँगको लज्जास्पद हारपछि सान्तोषका प्रशिक्षक बर्खास्त

काठमाडौं । ब्राजिलियन सिरी ‘ए’मा भास्को डे गामासँग लज्जास्पद हारपछि सान्तोषले मुख्यप्रशिक्षक क्लेबेर हाभियरलाई बर्खास्त गरेको छ । सान्तोषले मुख्यप्रशिक्षक हाभियरलाई प्रशिक्षकको जिम्मेवारीबाट बर्खास्त गरिएको जनाएको हो । 

“सान्तोष फुटबल क्लब प्रशिक्षक क्लेबेर हाभियरलाई बर्खास्त गर्ने निर्णय गरेको घोषणा गर्दछ । क्लब प्रशिक्षकलाई धन्यवाद व्यक्त गर्दै भने आगामी दिनको सफलताको कामना गर्दछ,” सान्तोषले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

शनिबार सान्तोषले गामासँग घरेलु मैदानमा ६–० को लज्जास्पद हार बेहोरको थियो । हारसँगै टोली ब्राजिलको शीर्ष डिभिजन लिगको रेलिगेसनको संघरमा पुगेको छ ।

१५औँ स्थानमा रहेको सान्तोषले २१ अंक जोडेको छ । जितसँगै १९ अंक जोडेको गामा पनि १६औँ स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्