site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुरु टाटा ईभी अटो कार्निभल, विशेष अफर र माल्दिभ्स भ्रमणको मौका

काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आजदेखि साउन २५ गतेसम्म ‘टाटा ईभी अटो कार्निभल’ सुरु गरेको छ । यो कार्यक्रम नेपालभरिका टाटा मोटर्सका सोरुमहरूमा एकैसाथ हुनेछ ।

कर्निभल अवधिमा ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्रान्डअन्तर्गतका अत्याधुनिक प्रविधियुक्त विद्युतीय गाडी टियागो ईभी, कर्भ ईभी, नेक्सन के ३ ईभी, र पन्च ईभी एक्सचेन्ज वा खरिद गर्न सक्नेछन् ।

यस अवधिमा गाडी खरिद गर्ने ग्राहकहरूले एक वर्षको अटोप्लस बिमा, वार्षिक सवारी कर, निःशुल्क एसेसरिज, वारेन्टी अवधिभर निःशुल्क चार्जिङ सेवा, होम चार्जिङ बक्स जडान, र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा निःशुल्क प्राप्त गर्नेछन् ।

ग्राहकहरूलाई नेपालभरका टाटा मोटर्सका सोरुममा गई नयाँ डिजाइनका ईभीहरूको प्रत्यक्ष अवलोकन र टेस्ट ड्राइभको अनुभव लिन, बुकिङ तथा मूल्यांकन गर्न, साथै आकर्षक उपहार प्राप्त गर्ने अवसर पनि रहनेछ ।

यस कर्निभलको बम्पर पुरस्कार स्वरूप, एक भाग्यशाली विजेताले ‘कपल ट्रिप टू माल्दिभ्स’ जित्ने मौका पाउनेछन् । सिप्रदी ट्रेडिङले यो विशेष अफर साउन २३ देखि २५ (८ देखि १० अगस्ट) सम्म मात्र उपलब्ध हुने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्