site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मती कांग्रेस संसदीय दलको नेता छान्न मतदान हुँदै, कसको दाबी कति ?

काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताका लागि आज मतदान हुँदै छ । दलको नेताका लागि मुख्यमन्त्री बहादुरसिंह लामा र प्रदेश सभापति इन्द्र बानियाँ प्रतिपर्स्धामा छन् ।

०७९ पुस १३ मा भएको संसदीय दलको चुनावमा बानियाँ लामासँग पराजित भएका थिए । अहिले उनै बानियाँ अविश्वास प्रस्तावमार्फत लामालाई दलको नेताबाट हटाउने कसरतमा लागेका छन् ।

बानियाँविरुद्ध उमेदवारी दिन रामकृष्ण चित्रकार अघि सरेका थिए । तर, लामाले अहिले प्रतिस्पर्धाभन्दा चुनाव जित्न महत्त्वपूर्ण भएको बताएपछि चित्रकार पछि हटेका हुन् । लामाले आजै बिहानमात्र आफूलाई समर्थन गरेका सांसदहरू गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका छन् । थप दुई मन्त्री पद खाली रहेकाले विपक्षमा उभिएका सांसदलाई तान्ने गरी सहमति जुटाएको लामा पक्षका एक सांसद बताउँछन् ।

लामा पक्षले १९ भन्दा धेरै मत आफ्नो पक्षमा रहेको दाबी गरेको छ ।

बानियाँ पक्षले २२ भन्दा बढी आउने जिकिर गरेको छ । बानियाँ पक्षका सांसद कृष्ण तामाङ २२ भन्दा बढी मत आउने निश्चित रहेको बताउँछन् ।

०७९ को संसदीय दलको निर्वाचनमा लामाले २१ मत पाएका थिए । बानियाँले १६ मत पाएका थिए ।

वाग्मती प्रदेश कांग्रेस संसदीय दलमा ३७ सांसद छन् । कम्तीमा १९ मत ल्याउँदा बहुमत पुग्छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्