site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘मुनामदनको ब्रेकअप’ निर्देशन गर्दै दीपेन्द्र

काठमाडौं । चलचित्र ‘मुनामदनको ब्रेकअप’को घोषणा भएको छ । यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्ने भएका छन् । 

चलचित्रमा सामीप्यराज तिमल्सेनाको पटकथा रहनेछ । श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन् ।
 
पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना र पौडेलबीच २०७५ सालको चलचित्र  ‘गोपी’पछि सहकार्य हुन लागेको हो । 

चलचित्रमा हालसम्म कलाकार राज कटवाल मात्र फाइनल भएका छन् । निर्देशक लामाका अनुसार बाँकी कलाकारका विषयमा टिमसँग छलफल भइरहेको र केही दिनभित्र टुंगो लाग्नेछ । 

“चलचित्रको पटकथामा सुहाउँदो भएकाले कटवाललाई अनुबन्धित गरेका हौँ । बाँकी कलाकार पनि कथा र चरित्र अनुकूल हुनेगरी छान्ने हाम्रो योजना छ,” लामाले बताएको निर्माणपक्षले प्रेस नोटमा उल्लेख छ । 

चलचित्रका लेखक तिमल्सेनाले चलचित्रमा ग्रामीण परिवेशको फरक स्वादको प्रेमकथा हेर्न पाइने गराए । 

कार्यकारी निर्माता पौडेलले कास्कीको ग्रामीण भेगमा चलचिको छायांकन गरिने जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्