राजनीति

काठमाडौं । दोस्रो संविधानसभाका सदस्य तथा नेपाली कांग्रेसका नेता रामअयोध्याप्रसाद यादवको निधन भएको छ । मल्टिपल अर्ग्यान फेलियर समस्या भएर वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका लागि भर्ना भएका यादवको गएराति ७२ वर्षको उमेरमा निधन भएको हो ।
बाराको सुवर्ण गाउँपालिका–२ निवासी यादव लामो समयदेखि मधुमेहबाट पीडित थिए ।
२०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं. १ बाट निर्वाचित यादव लामो समय नेपाली कांग्रेस बाराका सचिव भएर काम गरेका थिए ।
स्वर्गीय यादवको श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
नेपाली कांग्रेकसका सभापति शेरबहादुर देउवाले यादवको निधनमा शोक वक्तव्य जारी गरेका छन् ।
प्रकाशित मिति: बुधबार, असार १८, २०८२ १३:२९
प्रतिक्रिया दिनुहोस्