राजनीति
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीलाई धरौटीमा छाड्न आदेश
काठमाडौं । विशेष अदालतले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोग लागेका सोडारी सोमबार विशेष अदालतमा उपस्थित भएका थिए । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले एक लाख धरौटीमा छोड्ने आदेश गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ १९ गते सोडारीविरुद्ध एक करोड आठ लाख ३८ हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा चलाएको थियो । आयोगले सोडारीले पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेकाले सो कार्य भ्रष्टाचार भएको ठहर गरेको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२ २०:५१
प्रतिक्रिया दिनुहोस्