देश
साउदी रियाल ३५ हजार ९७६ बोकेर काठमाडौं आउन लागेका एकजना पक्राउ

राजविराज । प्रहरीले राजविराज विमानस्थलबाट ठूलो मात्रामा विदेशी मुद्रासहित सोमबार (भदौ २) एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ का ३३ वर्षीय मोहमद खुर्सिद आलम छन् ।
प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार, बुद्ध एयरको विमानमार्फत राजविराजदेखि काठमाडौं यात्रा गर्न लागेका आलमको साथबाट स्रोत नखुलेको साउदी रियाल ३५ हजार ९७६ बरामद गरिएको हो ।
उक्त रकमको वैधता प्रमाणित गर्न नसकेपछि आलमलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । बरामद रकमसहित उनलाई आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको प्रहरी उपरीक्षक केसीले बताए । रासस
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२ १२:२३
प्रतिक्रिया दिनुहोस्