
बैतडी । बैतडीको एक स्वास्थ्य चौकीमा कार्यरत अनमी मृत फेला परेकी छन् । पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत अन्दाजी २४ वर्षीया अनमी भागरथी विष्ट मृत फेला परेकी हुन् ।
बस्ने कोठामा आइतबार (भदौ १) बेलुका ८ बजेतिर विष्ट झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले बताए ।
पुर्चाैडी–१०, चौमालाकी विष्टका श्रीमान् नेपाली सेनामा कार्यरत रहेका र गएको वैशाखमा मात्र उनीहरूको विवाह भएको थियो ।
अनमी झुन्डिएको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको टोली घटनास्थलतर्फ खटिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस