site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानको संसद्ले गर्‍यो स्ट्रेट अफ होर्मुज बन्द गर्ने पक्षमा मतदान
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । इरानको संसद्ले विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज बन्द गर्ने प्रस्तावलाई अनुमोदन गरेको  एक वरिष्ठ सांसदले आइतबार मिडियाहरूलाई बताए । यो निर्णय अमेरिकाले तीनवटा आणविक सुविधाहरूमाथि आक्रमण गरेपछि आएको हो ।

“संसद्ले स्ट्रेट अफ होर्मुज बन्द गर्नुपर्ने निष्कर्ष निकालेको छ,” संसद्को राष्ट्रिय सुरक्षा समितिका सदस्य इस्माइल कोवसारीले सरकारी टेलिभिजनमार्फत प्रसारित बयानमा भने ।

“यस सम्बन्धमा अन्तिम निर्णय सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्मा निर्भर छ,” कोवसारीले थपे । यो परिषद् इरानको सर्वोच्च सुरक्षा निकायको रूपमा काम गर्छ ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  २१:४९
प्रतिक्रिया दिनुहोस्