site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानका परमाणु स्थलहरूमा अमेरिकी आक्रमणको चीनले गर्‍यो कडा निन्दा

काठमाडौं । चीनले इरानका परमाणु स्थलहरूमा अमेरिकी आक्रमणको कडा निन्दा गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सामाजिक सञ्जाल माध्यम एक्समा लेखे, “इरानमाथि अमेरिकाको आक्रमण र अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)को निगरानीमा रहेका परमाणु सुविधाहरूमाथि बमबारीको चीन कडा निन्दा गर्छ ।”  

उनले भने, “अमेरिकाको यो कारबाही संयुक्त राष्ट्रसंघको वडापत्र र अन्तर्राष्ट्रिय कानुनको उद्देश्य र सिद्धान्तको गम्भीर उल्लंघन हो, जसले मध्यपूर्वमा तनाव थप बढाएको छ ।”  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लिन जियानले भने, “चीन द्वन्द्वमा संलग्न सबै पक्ष, विशेष गरी इजरायलबाट तत्काल युद्धविराम गर्न, सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न र संवाद सुरु गर्न अपील गर्छ ।”  

उनले चीन अन्तर्राष्ट्रिय समुदायसँग मिलेर प्रयास गर्न, न्याय कायम राख्न र मध्यपूर्वमा शान्ति तथा स्थिरता पुनस्र्थापना गर्न तयार रहेको बताए।   

अमेरिकाले आइतबार बिहान इरानको फोर्दो, नतान्ज र इस्फहानका परमाणु स्थलहरूमा आक्रमण गरेको थियो ।  

इरानमाथि भएका यी अमेरिकी आक्रमणका लागि इजरायलले ट्रम्पको प्रशंसा गरेको छ । यसपछि इरान र इजरायलबीच द्वन्द्व थप फैलने खतरा उत्पन्न भएको मानिएको छ ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  २२:०७
प्रतिक्रिया दिनुहोस्