site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हितराज पाण्डेले भने– जिम्मेवार प्रतिपक्षीको भूमिका निभाउँछौँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त माग गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका बीच सभामुखले बोल्ने समय दिएपछि पाण्डेले भने, “नीतिगत, कानुनी र संरचनागत कहाँ कसरी सुधार गर्न सकिन्छ, अनुसन्धान गरी कारबाही गर्न, छानबिन समिति र अध्ययन समिति बनाउन माग गर्दछौँ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका सरकारी कार्यालयमा भिजिट भिसा, मानवतस्करी जस्ता प्रकरणले गर्दा देशको शीर निहुरिएको उनले बताए । “अध्यागमन र भिजिट भिसाको समस्या राष्ट्रको समस्याको रूपमा आएको छ । यसलाई निराकरण गरेर अघि बढ्ने अहिलेको आवश्यकता हो,” पाण्डेले भने, “जिम्मेवार प्रतिपक्षीको हैसियतले आम जनताको चासो पनि अघि बढुनु पर्छ भनेर हाम्रो दल सहमतिका साथ अघि बढ्ने कुरा गरेका छौँ ।”

आफ्ना विषयवस्तुलाई विश्वस्त हुनेगरी सरकारले पहिले सदनमा जवाफ दिनुपर्ने र पछि व्यवहारमा उतार्न पनि उनले आग्रह गरेका थिए । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्