site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिप्रदी ट्रेडिङद्वारा इटहरीमा टाटा योधा १.५टीको लन्च

काठमाडौं । सिप्रदी ट्रेडिङले व्यावसायिक प्रयोजनका लागि नयाँ सवारी टाटा योधा १.५टीको क्षेत्रीय लन्च कार्यक्रम इटहरीमा सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न उद्योग व्यवसायसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिको समेत उपस्थिति थियो ।

उद्योग वाणिज्य संघका उपाध्यक्ष रामस्वरूप शर्माले टाटाका गाडीहरू नेपाली भूगोल र सडक अवस्थाका लागि अत्यन्तै उपयुक्त रहेको उल्लेख गर्दै योधा १.५टीलाई टिकाउ, किफायती र भरपर्दो सवारीको रूपमा वर्णन गरे । उनले बिक्रीपछिको सेवा सिप्रदीमार्फत उत्कृष्ट ढंगले उपलब्ध हुँदै आएको पनि बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सिप्रदी ट्रेडिङका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले कार्यक्रममा सिर्जनशील प्रविधि, भरपर्दो सवारी र सशक्त सेवा सञ्जालको संयोजन नै सिप्रदी र टाटा योधाको पहिचान भएको बताए । 

सिप्रदीको उद्देश्य केवल गाडी बिक्रीमा सीमित नभई ग्राहकसँगको दीर्घकालीन सम्बन्ध निर्माण र व्यावसायिक यात्रालाई सफल बनाउनु रहेको उनले बताए ।

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक हो ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्