site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लन्डन पुगेर युनुसले भने : निर्वाचन गराएर मात्रै राजीनामा दिन्छु
फाइल तस्बिर ।

लन्डन । बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसले निर्वाचन गराएर मात्रै राजीनामा दिने बताएका छन् । 

लन्डनको विदेश नीति थिंक ट्यांक चाथम हाउस, रोयल इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्समा मंगलबार साँझ बोल्दै युनुसले उक्त कुरा बताएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि युनुसले राजीनामा गर्न लागेको चर्चा चलेको थियो । तर, अहिले उनले निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएका हुन् । 

उनले आगामी अप्रिलमा निर्वाचन गर्ने घोषणा गरेको र निर्वाचनपछि सत्तामा रहिरहने कुनै कारण नरहेको बताए । 

करिब १७ करोड जनसंख्या रहेको बंगलादेशमा विद्यार्थी नेतृत्वको विद्रोहका कारण सन् २०२४ को अगस्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको १५ वर्ष लामो शासन अन्त्य गरिएको थियो । 

तपाईंले कुनै राजनीतिक पद खोजिरहेको हो ? भनेर सोधिएको प्रश्नमा ८४ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता युनुसले निर्वाचनपछि सत्तामा रहिरहन ‘कुनै चाहना नभएको’ बताए । उनले भने, “मलाई लाग्छ, म मात्र होइन, हाम्रो क्याबिनेटका कुनै पनि सदस्यले त्यसो गर्न चाहँदैनन् ।” रासस/एएफपी

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्