
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज १३.६९ अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ०.५१ प्रतिशत घटेर २६६४.४७ विन्दुमा बन्द भएको छ ।
आज कारोबार रकम पनि घटेको छ । यसदिन नौ अर्ब ९० करोड ७० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंगलबार १० अर्ब १६ करोड नौ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
आज कारोबारमा आएका १३ मध्ये हाइड्रपावर समूहको परिसूचक बढेको छ । यो समूहको परिसूचक १.१३ प्रतिशतले बढेको छ । अरू समूहको परिसूचक घटेर राताम्य देखिएको छ ।
आज ७७ कम्पनीको सेयर मूल्य बढेको छ । १७० कम्पनीको सेयर मूल्य घटेको छ । गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य स्थिर छ ।
पियोर इनर्जी र सिनर्जी पावर डेभलपमेन्ट र बुटवल पावर कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले बढेको छ ।