site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानको रक्षा बजेटमा २० प्रतिशत वृद्धि
फाइल तस्बिर ।

काठमाडौं । पाकिस्तानले भारतसँग तनाव बढेको अवस्थामा रक्षा बजेटमा २० प्रतिशत वृद्धि गरेको छ । आर्थिक वर्ष सन् २०२५/०२६ को लागि रक्षा बजेट २५ खर्ब ५० अर्ब रुपैयाँ (९ अर्ब डलर) बनाएको छ । 

पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरंगजेबले त्यहाँको राष्ट्रियसभामा आर्थिक वर्ष २०२५/२६ का लागि १७५ खर्ब ७३ अर्ब रुपैयाँको संघीय बजेट प्रस्तुत गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
 
गत वर्ष सरकारले रक्षा खर्चका लागि २१ खर्ब २२ अर्ब रुपैयाँ छुट्ट्याएको थियो । आर्थिक वर्ष २०२३/२४ को १८ खर्ब ४ अर्ब रुपैयाँभन्दा यो १४.९ प्रतिशतले बढी हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वैदेशिक तथा स्वदेशी ऋणपछि पाकिस्तानको वार्षिक खर्चको दोस्रो ठूलो खर्च रक्षा क्षेत्र रहेको समाचारमा बताइएको छ । 

सरकारले ऋण सेवाका लागि ८२ खर्ब ७ अर्ब रुपैयाँ छुट्ट्याएको छ, जुन सबैभन्दा ठूलो एकल खर्च हो ।
 
रक्षा खर्चमा भएको वृद्धिले बजेट छलफल र अर्थ विधेयकको मतदानका बेला कानुन निर्माताहरूको व्यापक समर्थन पाउने अपेक्षा छ । 

अर्थमन्त्री औरंगजेबले ३० जुनमा समाप्त हुने चालु आर्थिक वर्षमा प्राप्त ४.२ प्रतिशतको जीडीपी वृद्धिको लक्ष्य पनि घोषणा गरेका छन् । उनले ऋण र ब्याज सेवाको लागत ८२ खर्ब ७ अर्ब रुपैयाँ लाग्ने पनि बताए । टाइम्स अफ इन्डिया 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १३:३७
प्रतिक्रिया दिनुहोस्