site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्प प्रशासनले आठ आप्रवासीलाई दक्षिण सुडान पठायो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अन्य देशका आठ अमेरिकी आप्रवासीलाई दक्षिण सुडान पठाएको अमेरिकाको होमल्यान्ड सिक्युरिटी विभागका एक अधिकारीले जनाएका छन् । यसअघि उनीहरूलाई दक्षिण सुडान पठाउन लागिएकोमा बीचमै रोकेर जिबुटीको एक सैन्य वेसमा राखिएको थियो ।  

शुक्रबार राति १२ बजेभन्दा केही अघि विमान दक्षिण सुडानमा अवतरण गरेको बताइएको छ । होमल्यान्ड सिक्युरिटी विभागले ती आठ आप्रवासीमाथि गम्भीर आपराधिक अभियोगहरू थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दक्षिण सुडान पठाउने कार्यलाई रोक्ने मुद्दा दायर भएपछि उनीहरूलाई जिबुटीको अमेरिकी सैन्य आधारमा पठाएको थियो । 

अदालती दस्तावेजअनुसार, सैन्य वेसको अवस्था आप्रवासी र उनीहरूको निगरानी गर्ने अमेरिकी अध्यागमन तथा भन्सार (आईसीई ) अधिकारीहरूका लागि चुनौतीपूर्ण थियो ।  

आप्रवासीहरूलाई सुडान पठाउन रोक्न माग गर्दै यो मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । गत बिहीबार ७–२ को निर्णयमा सर्वोच्च अदालतले ट्रम्प प्रशासनले दक्षिण सुडान फिर्ता पठाउन खोजेका गैरनागरिकहरूलाई तल्लो तहको अदालतको आदेशका कारण रोक्न नपर्ने बताएको थियो । यो निर्णय ट्रम्प प्रशासनका लागि ठूलो जित मानिएको थियो । 

 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २०:२४
प्रतिक्रिया दिनुहोस्