site stats
बाह्रखरी :: Baahrakhari
खेल
एपीएफको खराब सुरुआत

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले एन्फा यू–१६ यूथ लिगमा खराब सुरुआत गरेको छ । एपीएफले आइतबार सम्पन्न लिगको पहिलो खेलमा मछिन्द्र क्लबसँग ४–१ को हार व्यहोर्दै लिगमा खराब सुरुआत गरेको हो । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा मछिन्द्रलाई जित दिलाउन टोलीका सुमन बम ठकुरी र विकास थापाले समान दुई गोल गरे । जवाफमा एपीएफले भने एक गोल मात्र फर्काउन सक्यो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलको चौथो मिनेटमा विकासले टोलीलाई अग्रता दिलाए । २८औँ र ३२औँ मिनेटमा सुमनले गोल गर्दै अग्रतालाई ३–१ सम्म पुर्‍याए । इन्जुरी समयमा विकासले चौथो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । 

यसअघि ५४औँ मिनेटमा एपीएफका पुजन ढकालले एक गोल फर्काए पनि टोलीलाई खेलमा फर्कन पर्याप्त थिएन । 

जितसँगै मछिन्द्रले लिगमा तीन अंक जोडेको छ । मछिन्द्रले अब दोस्रो जितको निम्ति आगामी असार २४ गते (मगंलबार) नवप्रवेशी शीर्ष डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेडविरुद्ध खेल्नेछ । खेल दिनको १ बजे हुने तालिका छ । 

पहिलो संस्करणको उपविजेता समेत रहेको एपीएफले भने  आगामी असार २५ गते (बिहीबार) दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन चर्चब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहान १० बजे हुनेछ ।   

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १७:१३
प्रतिक्रिया दिनुहोस्