
काठमाडौं । फ्रान्सेस्को फारिओली पोर्चुगिच क्लब एफसी पोर्टाेको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
आइतबार पोर्टाेले फारिओलीलाई दुई वर्षको निम्ति मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ ।
फारिओली मार्टिन एन्सेल्मीको स्थानमा आएका हुन् । एन्सेल्मीको प्रशिक्षणमा क्लब पोर्चुगलको शीर्ष डिभिजन लिग ‘प्रिमिआइरा लिगा’ को पछिल्लो संस्करणमा तेस्रो भएको थियो ।
नवनियुक्त प्रशिक्षक फारिओ यसअघि डच क्लब आयाक्सको जिम्मेवारीमा थिए । उनले कीर्तिमानी ३७औँ पटक डच फुटबलको शीर्ष लिग ‘एरिडिभाइज लिग’को उपाधि उचाल्नबाट चुकेपछि गत मे मा आयाक्स छाडेका थिए ।
यसबाहेक इटालियन प्रशिक्षक फारिओसँग फ्रेन्च फुटबलको पनि अनुभव छ । उनले सन् २०२४–२०२५ को सिजनमा फ्रेन्च क्लब नाइसको प्रशिक्षण सम्हालेका थिए ।