
काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले विराटनगरस्थित गोल्डेन हस्पिटलबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । विराटनगरमा सम्पन्न एक विशेष समारोहमा गोल्डेन हस्पिटलका प्रमुख कार्यकारी अधिकृत मो. जियाउल हक र सिद्धार्थ बैंकका विराटनगर शाखा प्रबन्धक सूर्यप्रसाद शर्माबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले विराटनगरस्थित गोल्डेन हस्पिटलमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।