site stats
बाह्रखरी :: Baahrakhari
देश
सीमा इलाकाबाट ११ सय २० किलो गाँजा बरामद
Argakhachi Cement Island Ad

काठमाडौं । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–५ र ६ स्थित सीमा इलाकाबाट एक हजार एक सय २० किलो गाँजा बरामद भएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले ३८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखिएको गाँजा फेला पारेको हो । 

बरामद गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्