site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिशूलीबाट बेपत्ता बालिका नारायणीमा मृत फेला
Argakhachi Cement Island Ad

काठमाडौं । तनहुँको त्रिशूली नदीमा माछा मार्ने क्रममा बेपत्ता भएकी बालिकाको शव चितवनको नारायणी नदीकिनारमा फेला परेकी छिन् । 

देवघाट गापा–५ पीपलटारस्थित त्रिशूली नदीमा बिहीबार माछा मार्ने क्रममा बेपत्ता भएकी ११ की शृष्टि गुरुङको शव शनिबार भरतपुर महानगर–१ पोखरा बसपार्कको गौरेश्वर मन्दिर पछाडि नारायणी नदीमा फेला परेको हो । 

उनका काका नरबिक गुरुङले सनाखत गरेपछि बालिकाको शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्