site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली आक्रमणका कारण इरानमा ६०६ जनाको मृत्यु

काठमाडौं । इरानका स्वास्थ्य मन्त्रीले १३ जुनदेखि १२ दिनसम्म चलेको इजरायली आक्रमणमा ६०६ जनाको मृत्यु भएको बताएका छन् । 

इरानी स्वास्थ्य मन्त्री मोहम्मद रजा जफरगनीका अनुसार, इजरायली आक्रमणहरूमा पाँच हजारभन्दा बढी मानिस घाइते भएका छन् । उनीहरूको उपचार चलिरहेको बीबीसीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, द्वन्द्वको निगरानी गर्ने मानव अधिकार समूह, ‘ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरान’ले मृत्यु हुनेहरूको संख्या आधिकारिक तथ्यांकभन्दा लगभग दोब्बर  रहेको बताएको छ । यो संस्थाले अहिले सम्म ९७४ जनाको मृत्यु भएको जनाएको छ ।

इरानी स्वास्थ्य  मन्त्रीले इरानमा पछिल्लो २४ घण्टामा सबैभन्दा भीषण आक्रमणहरू भएका र त्यसमा १०७ जनाको मृत्यु भएको बताए ।

इरानी अधिकारीहरू र सरकारी टेलिभिजनले बताएअनुसार ११ दिनको द्वन्द्व समाप्त गर्ने युद्धविराम लागु हुनुभन्दा केही घण्टाअघि उत्तरी इरानमा भएको रातभरको इजरायली आक्रमणमा एक वरिष्ठ आणविक वैज्ञानिकसहित नौ जनाको मृत्यु भएको थियो ।

सरकारी टेलिभिजनले बताए अनुसार वैज्ञानिक मोहम्मद रजा सेद्दिकी साबेरको गिलान प्रान्तको अस्ताने–ये असरफियेहमा रहेको आफ्ना आमाबुवाको घरमा हत्या भएको हो ।

गिलानका उप–गभर्नरले एक आवासीय भवनमा भएको विस्फोटले चारवटा अपार्टमेन्टहरू नष्ट भएको बताए ।

इजरायलतर्फ भने अहिले सम्म २८ जनाको मृत्यु भएको बताइएको छ । बीबीसी

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ०७:२१
प्रतिक्रिया दिनुहोस्