site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी प्रदेशमा धेरै भारीदेखि अति भारी वर्षा, सतर्क रहन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । कोसी प्रदेशका विभिन्न भूभागमा भारी वर्षा भएकाले केही नदी तथा खोलामा बाढीको सम्भावना रहेको छ । 

पछिल्लो १२ घण्टामा कोसी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा भएको छ । पानी पार्ने प्रणाली उत्तरतिर सरिरहेको र थप पानी पर्नसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।  

Argakhachi Cement Island Ad

पछिल्लो १२ घण्टामा कोसी प्रदेशको झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा भारी वर्षा मापन भएको छ । 

ती क्षेत्र भएर बहने कन्काई नदी, बिरिङ खोला, केसलिया खोलालगायतमा सतर्कता तहभन्दा माथिको बाढी मापन भएको छ । नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

मौसमविद् डेबिड ढकालका अनुसार कोसीसँगै मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  ०७:२५
प्रतिक्रिया दिनुहोस्