site stats
बाह्रखरी :: Baahrakhari
देश
पाँचवटा प्रदेशमा बिहानैदेखि वर्षा, कोसी र मधेसमा भारी वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । 

मौसमविद् डेबिड ढकालका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

Argakhachi Cement Island Ad

कोसी प्रदेशका केही स्थान, मधेस प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेत बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

कोसी र मधेस प्रदेशको केही स्थान तथा बाँकी पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोसी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  ०६:४०
प्रतिक्रिया दिनुहोस्