साहित्य

दीपकराज सापकोटा
न दिन त्यही हो न रात
न गीत त्यही हो न साथ
न बात त्यही हो न मात ।
न म त्यही हुँ न तिमी
न प्रेम त्यही हो न रोमाञ्च
न भाव त्यही न चाह ।
न उमेर त्यही हो न रौस
न रङ त्यही हो न सुवास
न चाहना त्यही हो न आस ।
गतिवान् छ हरपल परिवर्तित
अरू के कुरा,
सत्य नै पनि छ भिन्न
विजेता सत्य र पराजित सत्य
अनि समय सान्दर्भिक सत्य
न समय त्यही हो न सन्दर्भ ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२ ०५:५६
प्रतिक्रिया दिनुहोस्