site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा निषेधित क्षेत्र थपियो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट सो आदेश जारी भएको हो । 
 
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम जिल्ला सुरक्षा समिति काठमाडौको सिफारिस समेतका आधारमा मिति २०८२/०१/२४ गतेको सूचना बमोजिमको निषेधित क्षेत्रका अतिरिक्त थप क्षेत्रमा मिति २०८२/०२/१७ गतेदेखि लागु हुने गरी निषेधित क्षेत्र थपिएको हो । 

Argakhachi Cement Island Ad

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि शनिबारबाट जेठ २४ गतेसम्मका लागि नारायणहिटी दरबार क्षेत्र– केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्मलाई निषेधित क्षेत्र तोकेको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार यी क्षेत्रमा ०८२/०३/२४ गते सम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १८:५१
प्रतिक्रिया दिनुहोस्